ad ad

कारोबार


भ्यालेन्टाइन डे को अवसरमा राकुटेन भाइबरको रमाइला फिचर!

भ्यालेन्टाइन डे को अवसरमा राकुटेन भाइबरको रमाइला फिचर!

नेपालखबर
फागुन ३, २०७७ सोमबार १५:२६,

नेपालमा मात्र नभई विश्वभरी नै कोभिड–१९ को असर बाँकी नै रहेकाले र यो अझै पनि स्वास्थ्य सरोकारको विषय भएको हुनाले यस वर्षको भ्यालेन्टाइन डे मनाउने शैली केही भिन्न भएको छ।

युगल जोडीहरु जो अलग छन् र जोडीमा नभएकाहरु, जो प्रेममा बाँधिन चाहन्छन्, सबैले प्रेम अभिव्यक्त गर्ने माध्यम यो पटक भर्चुअल नै रहेको छ। निश्चय पनि आफूले मनपराउने व्यक्तिको स्पर्श जस्तो न्यानोपनाको स्थान केहीले पूर्ति गर्न सक्दैन, तर यसको मतलब यो होइन कि भ्यालेन्टाइन डे रमाईलो हुने छैन।

प्रेमीहरुका लागि क्युपिड बन्दै भाइबरले नयाँ नर्याँ विशेषताहरु मार्फत सबैलाई रमाइलो बनाइरहेछ, जसले तपाईंको भावना व्यक्त गर्न, सेयर गर्न र तपाईंको सच्चा भावनाहरुसँग तपाईंलाई नजिक ल्याउन सहयोग गर्दै छ।

राकुटेन भाइबर सदैव सञ्चारमा आइरहने परिवर्तनको बारेमा र यो डिजिटल युगमा विभिन्न खाले अभिव्यक्ति गर्ने भावहरुका विविध प्रकृतिहरुका बारेमा सचेत छ। राकुटेन भाइबरमा हामी यो यकिन दिलाउँछौं कि तपाईंको प्रेम कथालाई अघि बढाउन आवश्यक सबै खाले मौकाहरु हामी प्रदान गर्छौँ। धेरै नवीनतम विशेषताहरु मध्ये डिसपियरीङ्ग मेसेजहरु, क्युपिड बट, व्यक्तिगत स्टिकरहरु र जिफहरु सबैको लागि नयाँ फिचर भएको छ।

सिङ्गल होस् वा टेकन, भाइबरको क्युपिड बटले तपाईं वा तपाईको प्रियको लागि विशेष प्रकारको इ–कार्डहरु बनाउन, क्युपिड खेलहरु खेल्न, र लभ क्वीजमा बाँधिने खालको फिचर दिएको छ। यी सबै विशेषताहरु केवल तपाईंको प्रेम व्यक्त गर्नमा समर्पित छन्।

तपाईंले यो रमाइलो प्रेमको महिनामा भाइबरको साथमा गर्न सक्नु हुने अरु पनि धेरै चिजहरु छन्। भिडियो पठाउनुको बदलामा तपाईको आफ्नै जिफ सिर्जनाद्वारा आफ्नो कल्पनालाई बढाउनुहोस्। यो त्यति सजिलो छ। तपाईंले भाइबरको व्यक्तिगत जिफ र व्यक्तिगत स्टिकर अपसनहरु प्रयोग गरेर खास किसिमका संस्मरणह बनाउन सक्नु हुन्छ जसले तपाईंको भाव व्यक्त गर्ने सही शब्द नपाइरहेको समयमा तपाईको भावना प्रतिबिम्बित गर्न सहज हुनेछ।

त्यो च्याटमा केवल ग्यालरी आइकन थिच्नुहोस्। तपाईंले जिफमा परिणत गर्न चाहनु भएको भिडियो छान्नुहोस्। तपाईंको भिडियोलाई आफ्नो इच्छा बमोजिम सम्पादन गर्नुहोस् र अब जिफ आइकन दबाउनुहोस्। सेन्ड मा क्लिक गर्नुहोस्। तपाईंको विचारहरु तपाईंको प्रियसँग तपाईंले भ्यालेन्टाइन डेमा मुटु आकारको इमोजिहरु प्रयोग गरेर सिर्जना गर्नु भएको उपयुक्त जिफको साथमा सेयर गर्नुहोस्। तपाईंको मायालुलाई केही सुन्दर क्लिपहरु पठाउन तपाईंको च्याट स्क्रिनमा भएको इन्स्टयान्ट भिडियो आइकन थिचि राख्नुहोस् र तपाईंले रेकर्डिङ्ग गरिसक्नु भएपछि छाडिदिनुहोस्।

भाइबरमा हामीले हाम्रा प्रयोगकर्ताहरुको सुरक्षा र गोपनीयतालाई अरुहरु भन्दा माथि राख्ने गर्दछौं। त्यसले गर्दा भाइबर कुनै पनि किसिमको सन्देशहरु– चाहे त्यो भ्यालेन्टाइन डे को रोम्यान्टिके सन्देश होस् वा तपाईंको परिवारजनको लागि कुनै शुभकामना वा त्यस्तै अन्य सन्देश होस्, पठाउनका लागि एक अत्यन्त सुरक्षित एपको रुपमा परिचित छ किनकी यसले पहिले नै तयार पारिएको एंड टु एंड इन्क्रिप्सन प्रयोग गर्छ।

यसका साथै यसले आफ्ना प्रयोगकर्ताहरुका लागि नियमित च्याटहरुमा डिसपियरीङ्ग मेसेजेज जस्तो सुरक्षा गार्ड पनि थप गरेको छ। यसले तपाईंलाई तपाईंको सन्देशलाई स्वतः लुप्त हुने समय तालिका सेट गर्न सहयोग गर्नेछ। त्यस्तै अवस्था आइपरेमा यसले तपाईंलाई यदि प्रापकले सन्देशको स्क्रिन सट लिएछ भने त्यस्को पनि जानकारी दिनेछ, यदि!

यदि तपाईं साँच्चि नै तपाईको सन्देशलाई लिएर थप चनाखो बन्न चाहनु हुन्छ भने तपाईंले भाइबरको हिड्न च्याट्स विशेषताको पनि प्रयोग गर्न सक्नु हुन्छ जसले तपाईंलाई च्याट सूचीबाट केही त्यस्तो वार्तालापहरु लुकाउन मद्दत गर्नेछ, जसमा तपाईंले केवल पिनको प्रयोग गरेर पहुँच पाउन सक्नु हुन्छ।

महामारीको अन्त्य अझै भइसकेको छैन, तर यसको अर्थ तपाईंले कसैको माया वा कुनै प्रकारको साथदेखि आफूलाई बञ्चित राख्ने भन्ने कदापि होइन। रोम्यान्टिक बन्नुहोेस् १ मनमिल्ने साथी खोज्नुहोस् र सम्बन्ध बढाउनुहोस्– त्यो पनि तपाईंको गोपनीयतासँग बिना कुनै सम्झौता गरेर।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .