ad ad

कारोबार


सरकारले होटलहरुलाई संकेत चिह्न प्रदान गर्ने, कुन हाेटलले कस्ताे पाउँछन् चिह्न?

सरकारले होटलहरुलाई संकेत चिह्न प्रदान गर्ने, कुन हाेटलले कस्ताे पाउँछन् चिह्न?

नेपालखबर
फागुन ६, २०७७ बिहिबार १०:२५,

सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिह्नको रुपमा तारा (स्टार) चिह्न निर्धारण गर्ने भएको छ।

होटलले दिने सेवा, गुणस्तर, क्षमता, लगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिह्न प्रदान गर्ने र उक्त संकेत चिह्नलाई सेवाग्राहीले स्पष्टसँग देख्नसक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए।

संकेत चिह्नमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको तारा अथवा चिह्न रहनेछ भने सबैभन्दा तल होटलको नाम रहनेछ। यस्तो संकेत चिह्न निश्चित साइजको हुने र उक्त चिह्नलाई होटल, रिसोर्ट तथा बुटिक होटललगायतका सबै किसिमका होटलले सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ।

सबैस्तरका रिसोर्ट, तरास्तरका होटल तथा सबै स्तरका बुटिक होटलले आफ्नो प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा होटल/रिसोर्टको बनौट अनुसार सजिलै देखिने गरी तोकिएको संख्याका तारा चिह्न अर्थात प्राप्त गरेको संकेत चिह्नसहितको साइनबोर्ड राख्नुपर्ने पनि महानिर्देशक तामाङले बताए।

पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटक स्तरको होटलमा स्तर वर्गीकरण भएका सबै होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा टीएस लेखिएको चिह्नलाई संकेत चिह्नको रुपमा निर्धारण गरिने पनि महानिर्देशक तामाङले बताए।

यस्तै मोटल होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्मा एम र पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा आई लेखिएको चिह्नलाई संकेत चिह्नको रुपमा निर्धारण गर्ने भएको छ।

बेड एण्ड ब्रेकफाष्टको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा बीएण्डबी लेखिएको चिह्नलाई संकेत चिह्नको रुपमा निर्धारण गरिने भएको छ।

hotel star category 2

hotel star category 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .