ad ad

कारोबार


जीवन्त एडभान्समा सेवा उपभोग गर्ने कुमारी बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

जीवन्त एडभान्समा सेवा उपभोग गर्ने कुमारी बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउने

नेपालखबर
फागुन १२, २०७७ बुधबार ११:१७,

कुमारी बैंक लिमिटेडले जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ।

आफ्ना ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्यसम्बन्धी विभिन्न सेवाहरु लिँदा सेवाप्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई विस्तार गर्ने उद्देश्यले यस्तो सम्झौता गरिएको बैंकले जनाएको छ।

सम्झौतामा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गका तर्फबाट प्रबन्धनिर्देशक ममता हमाल घिमिरेले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता–पत्रअनुसार जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गमा एमआरआई, सीटी स्क्यानलगायत अल्ट्रा साउन्ड शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटीएम, २२ शाखारहित बैंकिङ्ग इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .