ad ad

राजनीति


साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउँछु : प्रधानमन्त्री ओली

साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउँछु : प्रधानमन्त्री ओली

नेपालखबर
फागुन २३, २०७७ आइतबार १६:५,

प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै साविक नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बोलाउने बताएका छन्।

आइतबार साँझ बालुवाटारमा बसेको नेकपा ओली पक्षीय संसदीय दलको बैठकमा नेकपाका अध्यक्षसमेत रहेका ओलीले छिट्टै एमाले केन्द्रीय कमिटी बैठक बोलाउने बताएका एक सांसदले जानकारी दिए।

सर्वोच्च अदालतबाट साविकको एमाले कायम गरेको पत्र प्राप्त भइसके जानकारी दिँदै उनले अदालतको फैसला अनुसार नै छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाएर काम अगाडि बढाउने बताएका हुन्।

नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले आइतबार फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .