ad ad

कारोबार


क्लासिक टेकको फास्ट इन्टरनेट सेवा अब विर्तामोड र दमकमा

क्लासिक टेकको फास्ट इन्टरनेट सेवा अब विर्तामोड र दमकमा

नेपालखबर
चैत ५, २०७७ बिहिबार ११:२४,

नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो १०२ र १०३ औंं आउटलेट प्रदेश नम्बर १ को झापाका प्रमुख बजारहरु बिर्तामोड र दमकमा सञ्चालनमा ल्याएको छ।

कम्पनीले प्रदेश नम्बर १ का आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहजरुपमा सेवा उपलब्ध गराउने उद्धेश्यले आफ्ना नयाँ आउटलेटहरु प्रमुख शहरहरुमा सञ्चालनमा ल्याएको हो।

नयाँ आउटलेटहरु क्लासिक टेकले बिर्तामोडको धनसूर्य कम्प्लेक्स शनिश्चरे रोडमा तथा दमकको मंगलदिप मार्केटको दोस्रो तल्लामा स्थापना गरेको छ।

क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा दुवै नयाँ आउटलेट उद्घाटन गरेका थिए।

सञ्चालनमा ल्याएको नयाँ आउटलेटहरुबाट कम्पनीले पूर्वी भेगका हरेक साना गाउँहरुमा आफ्नो नेटवर्क र सेवा बिस्तार गर्ने योजना लिएको छ। यी आउटलेटहरुबाट तिब्ररुपमा ग्राहकहरुलाई सेवा उपलब्ध गराउनका लागि ४५ जना कर्मचारीहरु कस्टमर सपोर्ट, फाइबर स्टाफ, बिलिंग र मार्केटिङका लागि राखिएको छ।

यसअघि देखि नै क्लासिक टेकले बिर्तामोड र दमक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्टरनेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरुलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ।

घरायसी प्रयोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुनेछ। कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर झापाका सेवाग्राहीहरुको लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयबासीले समेत लिनसक्ने भएका छन्।

नयाँ आउटलेटहरु सञ्चालनमा आएसँगै नेपालको पूर्वी भेगको प्रमुख शहरहरुमा ग्राहकहरुले घर नजिकबाटै कम्पनीको सेवा लिनसक्नेछन्।

‘झापाको बिर्तामोड र दमक, नेपालको पूर्वक्षेत्रका प्रमुख शहरहरु हुन जहाँ हाम्रो फास्ट इन्टरनेट सेवा अब ग्राहकहरुले घर नजिकैको शाखाबाट सजिलै लिन सक्नेछन्। अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा हामी तिब्रगतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिनेछौं’ कम्पनीको इस्ट रिजनका डेपुटी चिफ रिजनल अफिसर भुपालसिंह कार्कीले भने।

कम्पनीले धमाकेदार अफरअन्तरगत २० एमबीपीएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ। जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुबिधा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .