ad ad

कारोबार


द्रुतमार्ग निर्माणमा ढिलाइबारे अध्ययनका लागि विकास समितिले गठन गर्‍यो उपसमिति

द्रुतमार्ग निर्माणमा ढिलाइबारे अध्ययनका लागि विकास समितिले गठन गर्‍यो उपसमिति

नेपालखबर
चैत ९, २०७७ सोमबार ७:४९,

संघीय प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा भएको ढिलाइबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ।

विकास समिति सभापति कल्याणीकुमारी खड्काले ४ वर्षमा सन्तोषजनक काम नभएको, निर्माणमा ढिलाइ भएको, विवाद समाधान नभएकोलगायतका विषयमा अध्ययन गर्न सांसद् तथा समिति सदस्य गणेश पहाडीको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेकी हुन्।

उपसमितिमा जिपछिरिङ लामा, अनिल झा, केदार सिग्देल, इन्दु शर्मा सदस्य रहेका छन्। उपसमितिलाई अध्ययन गरी प्रतिवेदन बुझाउन दुई महिनाको समय दिइएको छ।

उपसमितिले द्रुतमार्ग निर्माणमा देखिएको विवादसम्बन्धी अध्ययन गर्नेछ। यसअनुसार खोकनाको बुङमतीमा जग्गा अधिग्रहण गर्न नसकिएको, ४ वर्षमा ११ प्रतिशत काम मात्रै सम्पन्न भएकोले ०८१ सम्म सकिने नसकिने उपसमितिले अध्ययन गरी राय दिनेछ।

यसबाहेक अहिलेसम्म निर्माण भएका कामको गुणस्तरको अध्ययन र पछिल्लो समय ठेक्का आह्वानमा भएको भनिएको अनियमिततालगायतबारे पनि उपसमितिले अध्ययन गर्नेछ।

आजको बैठकमा रक्षा मन्त्रालयका सचिव, सेनाको तर्फबाट द्रुतमार्ग निर्माण आयोजना प्रमुख, बलाधिकृत प्रभुराम शर्मालगायत उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .