सीई रियलस्टेटले काठमाडौंकाे भाेटेबहालमा बहुउद्देश्यीय प्लाजा निर्माण गर्ने भएको छ।
सीई कन्स्ट्रक्सनको एसोसिएट भेन्चर सीई रियल स्टेटले अपार्टमेन्टसहितको ‘भोटेबहाल प्लाजा’ निर्माण गर्ने भएको हो।
सन् १९९२ मा स्थापना भएको सीई कन्स्ट्रक्सनले हाइड्रोपावर, अपार्टमेन्ट, हस्पिटल, होटल बिल्डिङ, अफिस, व्यावसायिक भवनलगायतका क्षेत्रमा काम गर्दै आएको छ।
भोटेबहालस्थित सिद्धि गणेश होटलको अगाडि साततले प्लाजा निर्माण हुनलागेको कम्पनीले जनाएको छ।
योजनाअनुसार पसल, अफिस र अपार्टमेन्टसहितको प्लाजा ३४ आना जग्गामा निर्माण हुँदै छ।
कम्पनीका अनुसार प्लाजाको नक्सा पास भइसकेको छ। निर्माणको चरणमा अघि बढेको भोटेबाहाल प्लाजा उच्चस्तरको व्यापारिक केन्द्र हुने कम्पनीले जनाएको छ।
प्लाजाले बनाएको संरचनामा खाली ठाउँ खरिद गर्न सकिनेछ।
त्यसमा ग्राउन्ड फ्लोर (जमिनमुनिको तला), पहिलो र दोस्रो तलामा आफूअनुकूलको पसल सञ्चालन गर्न सकिनेछ। तलाअनुसार खाली ठाउँको मूल्य भने फरक फरक हुनेछ।
ग्राउन्ड फ्लोरमा प्रतिवर्गफिट मूल्य महंगो रहेको छ भने माथिल्लो तल्लाअनुसार कम छ। कम्पनीका अनुसार ग्राउन्ड फ्लोरसहित पहिलो र दोस्रो तलामा पसल हुनेछन्।
तेस्रो तला अफिसको लागि प्रयोग गर्न सकिनेछ भने बाँकी तलामा अपार्टमेन्ट हुनेछन्।
भोटेबहाल प्लाजाको बेसमेन्टले ७० प्रतिशत जाग्गा ओगट्नेछ। ८ हजार २०१ वर्गफिटको बेसमेन्टमा गाडी पार्किङको सुविधा हुनेछ।
ग्राउन्ड फ्लोरमा २२ वटा पसल हुनेछन्। एउटा पसल १२८ वर्गफिटदेखि २३२ वर्गफिटमा हुनेछ। एउटा युनिटको ६३ लाख रुपैयाँदेखि १ करोड १२ लाखसम्म पर्ने कम्पनीले जानकारी दिएको छ।
प्रतिवर्गफिट ४६ हजार रुपैयाँ मूल्य रहेको छ। प्लाजाले लोकेसन प्रिमियम भनेर ग्राउन्ड फ्लोरको ५ लाखदेखि ७ लाख रुपैयाँसम्म लिने बताएको छ।
पहिलो तलामा पनि २२ वटा पसल हुनेछन्। १२८ देखि ४०७ वर्गफिटका युनिट रहेका छन्। एउटा युनिटको मूल्य ५६ लाखदेखि १ करोड ६४ लाख रुपैयाँसम्म पर्नेछ।
प्रतिवर्ग फिट ४० हजार रहेको छ। लोकेसन प्रिमियमबापत ४ लाख रुपैयाँ तिर्नुपर्नेछ।
दोस्रो तलामा १२८ देखि ४०७ वर्गफिट क्षेत्रका २४ वटा पसल हुनेछन्। एउटा युनिटको मूल्य ४९ लाखदेखि १ करोड ४४ लाखसम्म पर्नेछ। दोस्रो तल्लामा प्रतिवर्गफिट ३५ हजार रुपैयाँ पर्नेछ। लोकेसन प्रिमियममा ३ लाख रुपैयाँ तिर्नुपर्नेछ।
तेस्रो तलामा १० वटा अफिस राख्ने मिल्ने गरी प्लाजाको डिजाइन गरिएको छ। एउटा युनिट २७६ वर्गफिटदेखि ६७१ वर्गफिटसम्मको हुनेछ। एउटा युनिटको मूल्य ८४ लाखबाट सुरु भएको अफिसको मूल्य २ करोड रुपैयाँसम्म रहेको छ।
तेस्रो तलाको प्रतिवर्गफिट ३० हजार मूल्य छ। ग्राहकले युनिट खरिद गरे पनि आफूअनुकूलको कार्यालय सञ्चालन गर्न सक्नेछन्।
८५ लाखदेखि ३ करोड ४० लाखसम्मका अपार्टमेन्ट
बहुउद्देश्यीय प्लाजामा पसल, कार्यालयसँगै त्यहीँ बस्न मिल्ने अपार्टमेन्ट भवन निर्माण हुँदै छ। काठमाडौंको व्यापारिक केन्द्र भोटेबहालमा हुने अपार्टमेन्ट व्यवसायीहरुको लागि बढी उपयोगी हुने कम्पनीको विश्वास रहेको कम्पनीको दाबी छ।
कम्पनीले चौथो र पाँचौँ तलामा २ वटा स्टुडियो अपार्टमेन्टसहित १२ वटा युनिट हुनेछन्। तलाअनुसार युनिटको मूल्य फरक फरक रहेको छ।
चौथो तल्लामा एउटा स्टुडियो अपार्टमेन्टसहित ६ वटा युनिट हुनेछन्। एउटा युनिट ३९७ वर्गफिटदेखि १४ सय २२ वर्गफिटको क्षेत्रफलमा हुनेछ।
एउटा अपार्टमेन्टको मूल्य करिब ८५ लाखदेखि २ करोड ९० लाखसम्मको हुनेछ। प्रतिवर्गफिट २० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
पाँचौँ तल्लामा ९० लाखदेखि ३ करोड ४० लाखसम्मका युनिट हुनेछन्। जसमा एउटा स्टुडियो अपार्टमेन्टसहित ६ वटा युनिट हुनेछन्। यसको प्रतिवर्ग फिट २० हजार रुपैयाँ पर्नेछ।
Shares
प्रतिक्रिया