ad ad

कारोबार


हिमालयन बैंकबाट ६ अर्ब लिएर बाहिरिने भयो पाकिस्तानको हबिब बैंक

हिमालयन बैंकबाट ६ अर्ब लिएर बाहिरिने भयो पाकिस्तानको हबिब बैंक

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १३:४४,

हिमालयन बैंकमा सेयर स्वामित्व रहेको पाकिस्तानी हबिब बैंक लगानीकर्ताबाट बाहिरिने भएको छ।

विगत केही वर्षदेखि बाहिरिने चर्चा भए पनि अबचाहिँ नेपालकै संस्थापक सेयरधनीहरुलाई आफ्नो सेयर बिक्री हबिब बाहिरिने पक्का भएको हो।

युरोपको फाइनान्स कम्पनी सीडीसीलाई सेयर बिक्री गरेर बैंक बाहिरिन लागेको चर्चा २ वर्षअघि नै चलेको थियो।

तर सेयर बिक्री प्रक्रिया त्यत्तिकै रोकिएको थियो। अब भने आफ्नो लगानी रहेको २० प्रतिशत सेयर बिक्री गरेर उक्त बैंक बाहिरिनलागेको हो।

हबिब बैंकको सेयर स्वामित्वमा २ करोड १३ लाख ८८ हजार ८ सय १ कित्ता छ। प्रतिकित्ता २८२ रुपैयाँ ५० पैसाका दरले हबिबको सेयर बिक्री हुने भएको छ।

यो दरमा बिक्री गर्दा कुल रकम ६ अर्ब ४ करोड २३ लाख ३६ हजार २ सय हुन आउँछ।

संस्थापक सेयर २८२ रुपैयाँ ५० पैसा प्रतिकित्तामा बिक्री गर्न हबिब बैंक राजी भएको समेत हिमालयन बैंकले जनाएको छ।

यो पनि –
हिमालयन बैंक मर्जर सम्बन्धमा बन्यो अध्ययन रिपोर्ट : यी बैंकसँग देखायो सम्भावना

बैंकका एक सञ्चालक सदस्यले हबिब बैंकको सेयर अब संस्थापक लगानीकर्ताहरुलाई किन्न आह्वान गरेको बताए।

उनले नेपालखबरसँग भने, ‘संस्थापक सेयरधनी रहेका जोसुकैले पनि आफ्नो सेयर थप गर्न पाउने भएका छन्। त्यसकारण उनीहरुलाई २ महिनाको अवधि समेत तोकिएको छ।’

यसको मतलब बैंकले सेयर खरिदबिक्री प्रस्तावित मर्जरअघि नै सक्याउन लागेको छ। हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरको लागि अघि बढिसकेका छन्।

यो पनि –
हिमालयन बैंकमा रहेको हबिबको सेयर अब सीडीसीले पाउँछः अशोक राणा

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुनुअघि सबैभन्दा जटिल रहेको सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) १ः१ हुने सहमति समेत भइसकेको छ।

हिमालयन बैंकमा सबैभन्दा बढी पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर छ। त्यस्तै कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर छ।

बैंकमा हिमालय शमशेर राणा, भीमबहादुर पाण्डे, पृथ्वीबहादुर पाण्डे, मोहनगोपाल खेतान, नरसिंहबहादुर श्रेष्ठको सुरुदेखि नै लगानी छ। त्यसबाहेक शशीकान्त अग्रवाल र सुनिलबहादुर थापाको समेत लगानी छ।

यो पनि–
कांग्रेस नेता सुनिल थापाको काँधमा हिमालयन–सिभिल बैंक मर्जर, हबिबको सेयर मुख्य चिन्ता

यीमध्ये केही व्यक्तिहरुको दोस्रो पुस्तामा सेयर हस्तान्तरण भएको छ भने केही व्यक्तिको नाम अहिले पनि बैंकको मुख्य सेयरधनीमा छ।

हिमालय शमशेरको आभा इन्टरनेशनल कम्पनीमार्फतको सेयर शशीकान्त अग्रवालले खरिद गरेका हुन्।

यी लगानीकर्ताहरुले नै अब हबिब बैंकको सेयर खरिद गरेर इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .