सम्पूर्ण देशनै कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा ग्राहकको माग तथा समय सापेक्ष सेवा दिने हेतुले नबिल बैंकले ‘नबिल-जेन-एन एकाउन्ट’ ल्याएको थियो।
कोरोनाको असहज परिस्थितिका बावजुद यस बचत खाता सञ्चालनमा आएको एक वर्ष नपुग्दै १ लाख भन्दा बढी ग्राहकहरु समाहित भएको बैंकले जनाएको छ।
‘नबिल–जेन–एन एकाउन्ट’ नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो। यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरिएको नबिल बैंक विश्वस्त छ। यसमा एनटीसी-एनसेल २जीवी डाटा पयाकेजको विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोबाइल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको छ।
बैंकले यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्की ‘नबिल–जेन–एन एकाउन्ट’ खोलि यस खाताको लाभ लिई ढुक्क हुन ग्राहकलाई आग्रह गरेको छ।
प्रतिक्रिया