ad ad

कारोबार


नयाँ प्रयोगकर्ताका लागि रियलमीको स्मार्टफोन टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड निर्धारण

नयाँ प्रयोगकर्ताका लागि रियलमीको स्मार्टफोन टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड निर्धारण

नेपालखबर
चैत २९, २०७७ आइतबार १३:१५,

छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा तीव्र बजार विस्तार गरेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ।

रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीय अनुभवमा आधारित रहि संयुक्त रुपमा टीयुभी रियनल्याण्ड उच्च विश्वसनीय गुणस्तरको स्मार्टफोन प्रमाणपत्र निर्धारण गरेको हो। उक्त प्रमाणपत्र पाउने पहिलो मोबाइलफोन रियलमी सी २१-२५ बनेको छ।

रियलमीले टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड मानक निर्धारण
रियलमीले टीयुभी रियनल्याण्डसँग गुणस्तर नियन्त्रण प्रक्रियालाई उपल्लो चरणमा पुगाउने उद्देश्यका साथ उच्च विश्वसनीय प्रमाणपत्रका लागि काम गरिरहेको छ। रियलमी नै उच्च विश्वसनीय टीयुभी रियनल्याण्ड प्रमाणपत्र पाउने विश्वको पहिलो स्मार्टफोन ब्राण्ड बनेको छ। यसले गुणस्तर स्टान्डर्ड मानक निर्धारणका लागि गुणस्तर नियन्त्रण र सबै स्मार्टफोनको पूर्ण परीक्षण गर्दछ ।

टीयुभी रियनल्याण्ड गुणस्तर प्रमाणपत्र
रियलमी र टीयुभी रियनल्याण्ड कम्पनीले संयुक्त रुपमा ८ महिनासम्मविस्तृत अध्ययन गरेपश्चात् टीयुभी रियनल्याण्ड उच्चविश्वसनीय स्मार्टफोन प्रमाणपत्रका रुपमा निर्धारण गरेको हो, जसले विश्वका ठूला स्मार्टफोन उद्योगमा गुणस्तर मानकको रुपमा काम गर्ने प्रक्षेपण गरिएको छ।

टीयुभी रियनल्याण्ड उच्च गुणस्तरीय स्मार्टफोन प्रमाणपत्रले स्मार्टफोनका मुख्य २३ वटा जाँचको प्रक्रिया समेट्छ, जसअन्तर्गत १० परीक्षण दैनिक प्रयोग परिस्थितिहरु जस्तै खस्ने, टिकाउपन र टुटफुट सहित तापक्रम, आद्रता, भोल्टेज उतारचढाव, हावाको चाप, बटन लाइफ, स्थिर बिजुली गरी ७ चरम वातावरणीय परिदृश्यहरुमा आधारित परिक्षण र ६ वटा पुर्जाको विश्वसनीयतामा आधारित परीक्षण हुन्छन् ।

निकट भविष्यमा पूर्ण स्वचालित स्मार्ट कारखानाको लक्ष्य
उच्च गुणस्तरीय उत्पादनका लागि प्रमुख विशेषता स्थिरता हो। रियलमीले निकट भविष्यमै पूर्ण स्वचालित स्मार्ट कारखानाको लक्ष्य राखि सोही अनुसार लगानी गरिरहेको छ। यसबाट स्मार्टफोनको जटिल उत्पादन प्रक्रियाको दक्षता र शुद्धतामा सुधार गर्न सकिने विश्वास कम्पनीको छ।

एउटा उदाहरण स्वरुप एसएमटी उत्पादन लाइनमा स्वचालित उत्पादन हुने गर्छ, जहाँ उक्त यन्त्रबाट पीसीबी  मदरबोर्डमा पुर्जाहरु आफैँ जिम्मेदारीपूर्वक जडान गरिन्छ। तत्काल सञ्चालनमा आइरहेको उक्त उद्योगको स्वचालन दर ८७.५ प्रतिशतसम्म रहेको छ, जुन कम्पनीको उद्योग स्टान्डर्डभन्दा उच्च हो ।

वर्तमानमा रियलमीको उक्त स्वचालित स्मार्ट कारखानाले प्रतिवर्ष ६ करोड उपकरणहरुको उत्पादनगर्दै आएको छ ।

उच्च गुणस्तरीय डिजाइन
रियलमी उच्च गुणस्तरीय उत्पादनमा विश्वास गर्दछ, जसकारण हो शुरुवाती दिनदेखि हालसम्म कम्पनीले डिजाइनलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेको छैन। धेरैले विश्वास गरिसकेको कुरा हो कि रियलमी नै ट्रेन्डसेटिङ डिजाइन निर्माता कम्पनीका रुपमा स्थापित भइसकेको छ, रियलमीले यसकालागि उत्कृष्ट र नयाँ प्रविधिको प्रयोग गर्दै आएको छ। रियलमीले एकैसाथ गुणस्तर प्राथमिकताका साथ ट्रेन्डसेटिङ डिजाइन निर्माणलाई जोड दिने गरेको छ।

रियलमी कुनै उत्पादनको डिजाइनमा काम गरिरहँदा विशेष प्राथमिकताका साथ काम गर्दछ। रियलमीका हरेक उत्पादन ट्रेन्डसेटिङ डिजाइनका रुपमा बजारमा पुगुन् र नयाँ  प्रविधिकासाथ उत्कृष्ट गुणस्तरका रुपमा काम गरिरहेकोमा विश्वस्त पार्दछ।

गुणस्तर नियन्त्रक टोलीसँग खराब उत्पादन अस्वीकार गर्न सक्ने विशेषाधिकार
कारखानामा स्मार्टफोन डिजाइन गर्ने प्रक्रियाका क्रममा डिजाइन, विकास र परीक्षणसहितका विभिन्न ६ वटा चरण हुन्छन्। उक्त हरेक चरणमा उत्पादनकोे गुणस्तरीयता जाँचकालागि गुणस्तर नियन्त्रक टोलीको उपस्थिति रहने गरेको छ।

कुनै पनि समयमा यदी गुणस्तर मापदण्डसँग नमिलेमा उक्त टोलीसँग सिधै उत्पादन अस्वीकार गर्ने विशेष अधिकार रहेको हुन्छ। उक्त समूहले अस्वीकार गरेपछि उत्पादन पुन: नयाँ डिजाइन अनुरुप गर्नुपर्ने हुन्छ।

डिजिटल प्रयोगका लागि गुणस्तरीय डिजाइन
युवा पिढीको प्रयोग विधि जस्तै यात्रा र कठोर बाह्य खेलकुदलगायतका परिदृश्यलाई प्राथमिकताका साथ मध्यनजर गर्दै रियलमीले वातावरणीय अवस्थाअन्तरगत थुप्रै कडा परीक्षणहरु गर्ने गरेको छ।

स्केटबोडिङ र पार्कआवर जस्ता लोकप्रिय बाह्य खेलमा फोन खस्ने दुर्घटनाक्रम प्रतिरोध गर्न मोबाइल फोन १.८ मिटरसम्मको उचाइबाट खस्दा विभिन्न साइडबाट सुरक्षाकालागि विशेष आक्रामक जाँचहरु गरिएको छ।

यात्राअन्तरगत बाह्य वातावरणीय तापक्रम माइन्स ४० डिग्री सेल्सियसदेखि ७५ डिग्री सेल्सियससम्म पनि रियलमीको उत्पादनको क्षमतामा कुनै ह्रास नआई चलिरहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .