ad ad

कारोबार


कोरोना बढेसँगै यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

कोरोना बढेसँगै यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ११:२३,

दोस्रो चरणको कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई कडाइ गरेको जनाएको छ।

लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य सतर्कतालाई प्राथमिकता राखेर उडान सुरु गरेको यतीले दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मापदण्डलाई कडाइ गरेको हो।

यात्रुलाई सुरक्षित र संक्रमणरहित यात्रा गराउने उदेश्यले बन्दाबन्दीपछि स्वास्थ्य निर्देशिका बनाएको यतीले उक्त स्वास्थ्य निर्देशिकालाई कडाइका साथ पालना गराउँदै आएको एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।

‘अहिलेको अवस्थामा संक्रमण जोखिम कायम रहेपनि उच्च सतर्कता अपनाएर यात्रुलाई सुरक्षित यात्रा गराउन हामी प्रतिवद्ध छौँ’– प्रवक्ता बर्तौलाले भने।

यतीले बन्दाबन्दीपछि जारी गरिएको स्वास्थ्य निर्देशिकालाई बेलाबेला परिमार्जन गरी सो को पालना नियमित भए नभएको अनुगमन गरी पूर्ण अनुशरण गरी उडान गर्दा अहिलेसम्म कसैलाई पनि कोरोना संक्रमण नभएको उनको भनाई छ।

‘निर्देशिका तयार गर्नु मात्र महत्वपूर्ण होइन, सो को नियमित कार्यान्वयन गर्नु महत्वपूर्ण हो, यसका लागी हामी निरन्तर लागिरहेका छौं’ उनले भने।

उनले सुरक्षित यात्राका लागि ढुक्क भएर यती एअरलाइन्स तथा तारा एयर मार्फत उडान गर्न समेत अनुरोध गरे।

यतीले पहिलो पंक्तिमा कार्यरत शत प्रतिशत कर्मचारीहरुलाई पहिलो चरणको खोप लगाउने काम सम्पन्न गरी दोस्रो चरणको खोप लगाउने व्यवस्था मिलाई सकेको जनाएको छ। उडान पहिले वायुयानको क्याविन, -याम्प बस, लगेज तथा सामान निसंक्रमण गर्ने र यात्रुलाई सिट नम्बरको आधारमा विमानभित्र चढाउने तथा ओराल्ने व्यवस्था मिलाइएको छ। विमानभित्र उपलब्ध सेवा भने हाललाई स्थगित गरिएको प्रवक्ता बर्तौैलाले बताए।

यती एअरलाइन्सले कोभिड–१९ संकास्पद र संक्रमित व्यक्तिलाई यात्रामा प्रतिबन्ध लगाउनुका साथै वृद्ध, दिर्घरोगी, गर्भवती महिलालाई सकेसम्म जहाजमार्फत यात्रा नगर्न अनुरोध गरेको छ।

यस्तै, उडान अगाडि ‘सीसीएमसी डट जीओभी डट एनपी वेब साइटमा भएको नेपालमा आन्तरिक उडान गर्ने व्यक्तिले भर्नुपर्ने फाराम भरी प्राप्त हुने कोड नं. लिएर आउन वा एअरलाइन्सले विमानस्थलमा उपलब्ध गराउने स्वःघोषणा फारम अनिवार्य भर्नुपर्ने, उडानभन्दा डेढ घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने, उडान अगाडि शरीरको तापक्रम चेकजाँच गर्नुपर्ने, सेनिटाइजर तथा माक्सको अनिवार्य प्रयोग गर्नुपर्ने बताएको छ।

यतीले यात्राका क्रममा भौतिक दूरी कायम गर्न, यात्रुलाई क्याविनमा हातेझोलाबाहेक अन्य झोला नलैजान, विमानमा घरपालुवा जनावर ओसारपसार नगर्न र विमानभित्र सिटमा बसिसकेपछि अनावश्यक रुपमा हिँडडुल नगर्न आग्रह गरेको छ।

यि नियमहरु लकडाउन खुलेसँगैको संक्रमणकालिन उडानमा लागू हुँदै आए पनि हाल जोखिम दर बढ्दै गएकोले अझ कडाइका साथ पालना गर्न सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिइसकेकोले यात्रुहरुले पनि यि नियमहरुको पालना गर्दा जोखिम न्यूनिकरण गर्न सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .