वैशाख १६ गतेपछि पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान नियमित रुपमा चल्ने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सुचारु राख्ने निर्णय गरेको हो।
सरकारले अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाइ टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारीसाधनको लागि सहजीकरण गर्ने जनाएको छ।
आन्तरिक उडानको हकमा हवाइ सेवा प्रदायकले टिकट देखाएको भरमा आउजाउ गर्न दिनुपर्ने बताएका छन्।
बिहीबारबाट काठमाडौं उपत्यकामा १५ दिनको निषेधाज्ञा जारी भएपछि मंगलबार र बुधबारको हवाइ यात्रुको चाप अत्यधिक रहेको छ।
सरकारले हवाइ उडान खुल्ला राखे पनि सडक यातायातलाई बन्द गरेको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने आदेश जारी गरेको छ।
Shares
प्रतिक्रिया