ad ad

कारोबार


कोरोनाको दोस्रो लहरले अर्थतन्त्र थप प्रभावित हुने जोखिम बढ्योः गभर्नर अधिकारी

कोरोनाको दोस्रो लहरले अर्थतन्त्र थप प्रभावित हुने जोखिम बढ्योः गभर्नर अधिकारी

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १२:५,

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको दोस्रो लहरसँगै अर्थतन्त्र थप प्रभावित हुने जोखिम बढेको बताएका छन्।

राष्ट्र बैंकको ६५औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले देशमा स्वास्थ्य संकट अझै गहिरिँदै जाँदा अर्थतन्त्र थप प्रभावित हुने बताएका हुन्।

उनले भनेका छन्, ‘कोभिड–१९ का कारण मानव जातिले विश्वभर गम्भीर स्वास्थ्य सब्कट सामना गरिरहेको अवस्था छ। कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य संकट अझै गहिरिंदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम छ।’

मुलुकभित्र उत्पन्न हुनसक्ने मानवीय तथा आर्थिक संकटको संयमतापूर्वक उचित व्यवस्थापन सहित आर्थिक क्रियाकलापको चुस्त सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने देखिएको उनको भनाइ छ।

महामारीको अवधिमा पनि विभिन्न नीतिगत प्रयासहरूले गर्दा अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गए पनि कोभिड–१९ अझै हामीबीच रहेकोले जोखिम भने कायमै रहेको उनले बताएका छन्।

कोरोनाकै कारण गत वर्ष निकै चुनौतीपूर्ण रहेको उनले बताए।

यस्तो गभर्नरले ६६औँ वर्ष प्रवेशमा दिएको वक्तव्यको पूर्णपाठः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .