सेयरबजारमा आज २७ अंकको हरियाली छाएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से २७.४७ र सेन्सिटिभ ३.१२ अंकले उकालो लागेको हो।
२ सय २० कम्पनी सामेल कारोबारमा भने आज ५ अर्ब ८१ करोडको मात्रै किनबेच भएको छ।
आज ६२ हजार ६५९ पटक खरिदबिक्री भएको छ। यसमा १ करोड कित्ता सेयर बिक्री भएका छन्।
आज सबै समूहका सूचक हरियो भएका छन्। आज चारवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज विशालबजार कम्पनीका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन्। अन्य लगानीकर्ताले सामान्य अर्थात् २.९९ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्।
सर्वाधिक कारोबारमा भने पुनर्बीमा कम्पनी अगाडि छ। उसको ७६ करोडको कारोबार भएको हो। यसबाहेक अपि, शिवम् सिमेन्टको क्रमशः २० र १६ करोडको कारोबार भएको छ।
प्रतिक्रिया