शुक्रबार कोभिड स्वास्थ्य सामग्रीसहित ५ वटा कार्गो उडान हुँदैछन्।
हिमालय एयरलाइन्स र श्री एयरलाइन्सको कार्गो बिहानै त्रिभुवन विमानस्थलमा आइपुगेको छ ।
एयर अरेबिया र क्याथे प्यासेफिकले आजै दिउँसो कार्गो ल्याउँदै छन्।
त्रिभुवन विमानस्थलका अनुसार हिमालय एयरलाइन्सले कुनमिङबाट कार्गो ल्याएको हो भने श्री एयरलाइन्सले बैंककबाट ल्याएको छ।
एयर अरेबियाले सारजहाबाट र क्याथे प्यासेफिकले हङकङबाट काठमाडौं उडान गर्दै छन्।
आजै एयर इन्डियाले एयर ट्राभल बबलअन्तर्गत दिल्ली–काठमाडौं उडान गर्दै छ।
प्रतिक्रिया