ad ad

कारोबार


अन्तर्राष्ट्रिय उडान खोल्न पर्यटन मन्त्रालयको प्रस्ताव

अन्तर्राष्ट्रिय उडान खोल्न पर्यटन मन्त्रालयको प्रस्ताव

नेपालखबर
जेठ १३, २०७८ बिहिबार १०:४,

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान खोल्न प्रस्ताव गरेको छ। मन्त्रालयले विहीबार मन्त्रिपरिषदमा केही आंशिक उडान खोल्नुपर्ने प्रस्ताव लगेको हो।

मन्त्रालयका एक उच्च अधिकारीले आजै मन्त्रिपरिषदमा प्रस्ताव गएको जानकारी दिए।

‘मन्त्रालयले जेठ १८ देखि हवाई उडान खोल्नुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ,’ ती अधिकारीले भने, ‘विभिन्न ३ वटा वर्गिकरण गरेर नेपालमा आउन दिने प्रस्ताव गरिएको छ।’

उनले दुवै खोप लगाएका, एउटा मात्रै खोप लगाएका र ७२ घण्टाभित्र पीसीआर गरेका गरी ३ वटा मापदण्ड बनाएर नेपालमा आउन दिने प्रस्ताव गरेको बताए।

उनका अनुसार विदेशबाट आएकालाई होटल क्वारेन्टिनमा बस्नेगरी अन्तर्राष्ट्रिय उडान खोल्न प्रस्ताव गरिएको छ।

‘गतवर्ष जस्तै शुरुमा विदेशबाट आउनेलाई होटलमा बस्ने व्यवस्था गरिएको थियो,’ उनले भने ‘अहिले पनि विदेशबाट आउनेलाई होटलमा क्वारेन्टिन बस्नुपर्ने प्रस्ताव गरेका छौं।’

उनले मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषदले फेरवदल गरी पास गर्न सक्ने बताए।

उनले अन्तर्राष्ट्रिय उडान खोलेपनि सबै गन्तब्यमा खुल्ला नहुने बताए।

‘मन्त्रालयले चीन, टर्कि, कतार, साउदी जस्ता हव विमानस्थल भएका देशमा उडान खोल्न प्रस्ताव गरेको छ,’ उनले भने ‘त्यसमा नेपाली एयरलाइन्ससँगै सम्बन्धित देशका एयरलाइन्ले उडान भर्न पाउँछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .