ad ad

कारोबार


किराना पसल खोल्न दिन चेम्बर अफ कमर्सको माग

किराना पसल खोल्न दिन चेम्बर अफ कमर्सको माग

नेपालखबर
जेठ १३, २०७८ बिहिबार ११:११,

नेपाल चेम्बर अफ कमर्सले किराना पसल खोल्न दिन माग गरेको छ।

उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट नयाँ भेरियन्टको कोभिड–१९ महामारीको संक्रमण तीब्र रुपमा बढेको भन्दै नियन्त्रणका लागि किराना पसल समेत बन्द गर्न दिइएको आदेशप्रति चेम्बरले आपत्ति जनाएको छ।

सरकारले किराना पसलहरु बन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्ताहरुलाई यस व्यवस्थाले मर्का पर्ने चेम्बरको भनाइ छ।

त्यस्तै किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल बन्द गरिँदा अति आवश्यक उपभोग्य वस्तुहरु सर्व साधारणलाइ सुलभ आपूर्ति सम्भव नहुने चेम्बरको भनाई छ।

तोकिएको मापदण्ड र भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि नेपाल चेम्बर अफ कमसले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .