ad ad

कारोबार


हवाइ इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

हवाइ इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

नेपालखबर
जेठ २०, २०७८ बिहिबार १२:१७,

हवाई इन्धनको मूल्य घटाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पहलकदमी लिएका छन्।

उनले बिहीबार सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्दै हवाइ इन्धनको मूल्य समायोजनका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

मन्त्री ढकालले पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल एयरलाइन्सका महाप्रबन्धक डिम प्रकाश पौडेल लगायतसँग छलफल गरेर हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका हुन्।

हवाइ इन्धनको मूल्य महंगो भएको निष्कर्ष मन्त्री ढकालको रहेको छ ।

इन्धनको मूल्य घटाउँदा माग बढ्ने भएकाले निगमको स्टोरेज क्षमता बढाउन आवश्यक जग्गा व्यवस्थापनाका लागि सहयोग गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन पनि दिएका छन्।

हवाइ इन्धनको समयानुकुल समायोजन नहुँदा हवाइ कम्पनीहरू मारमा परेका छन्। अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले प्रयोग गर्ने हवाइ इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .