ad ad

कारोबार


अर्थमन्त्रीको स्पष्टोक्ति- चुरेबाट ढुंगागिट्टी उत्खनन गर्न दिइँदैन, गलत हल्ला फिँजाइयाे

अर्थमन्त्रीको स्पष्टोक्ति- चुरेबाट ढुंगागिट्टी उत्खनन गर्न दिइँदैन, गलत हल्ला फिँजाइयाे

नेपालखबर
जेठ २४, २०७८ सोमबार ६:५२,

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चुरे संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

उनले चुरेबाट ढुंगा, गिट्टी उत्खनन गर्न नदिने स्पष्ट पारेका हुन्। वर्तमान सरकार वातावरण संरक्षणमा सजग रहेको बताउँदै चुरे उत्खनन गर्न लागेको भनी गलत व्याख्या गरिएको उनको दाबी छ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) बजेट कायौन्वयन चुनौती र समाधान विषयमा छलफल कार्यक्रममा मन्त्री पौडेलले निर्वाचन र बजेट कार्यान्वयन सँगसँगै हुने बताए।

मन्त्री पौडेलले चुनाव लोकतन्त्रको प्राण भएको बताउँदै निर्वाचनसंगै बजेट कार्यान्वयन हुने बताए।

उनले सरकारलाई निरन्तरतामा बुझ्नुपर्ने बताउँदै बजेट कार्यान्वयनमा कुनै समस्या नहुने बताए। पौडेलले बजेटलाई पनि निरन्तरतामा बुझ्नुपर्ने बताए।

अर्थमन्त्री पौडेलले ठूला आयोजनाको तीव्रताको लागि छुट्टै संयन्त्र बनाउने कार्यक्रम अघि सारिएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .