ad ad

कारोबार


खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा सय रुपैयाँ बोनस

खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा सय रुपैयाँ बोनस

नेपालखबर
जेठ २५, २०७८ मंगलबार १२:३३,

खल्ती डिजिटल वालेटले खल्ती खाता बैंक लिंक गरेमा सय रुपैयाँ बोनस रकम पाउने अफर ल्याएको छ।

जो कोही ग्राहकले यो सेवामार्फत एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्नसक्ने कम्पनीले जनाएको छ।

महामारीको बीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ उक्त अफर सञ्चालनमा ल्याइएको हो।

खल्ती बैंक डायरेक्ट सेवा मार्फत पहिलो पटक आफ्नो बैंक अकाउन्ट लिंक गर्ने प्रयोगकर्ताहरुले तुरुन्तै आफ्नो खातामा रू. १०० प्राप्त सक्नेछन्।

बैंक लिंक घरमै बसी सुरक्षित तवरले आफैँले गर्न सकिन्छ। यसका साथै उक्त लिंक गरिएको बैंक अकाउन्टबाट खल्तीमा विना पैसा लोड गरी कुनै पनि बिलको भुक्तानी केही सेकेण्डभित्रै गर्न सकिने भएको छ।

बिजुली, पानी, इन्टरनेट, राजस्व जस्ता खल्तीमा उपलब्ध सबै सेवाहरुको भुक्तानी झन्झटरहित तरिकाले गर्न यो सेवाको लाभ लिन सकिन्छ।

उक्त अफरको सन्दर्भमा खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिङ प्रबन्धक शिरिष श्रेष्ठले महामारीलाई मध्यनजर गरी यो सहज सेवाको प्रयोगको लागि प्रोत्साहित गर्न बोनस अफर ल्याएको जानकारी दिए।

उनका अनुसार खल्तीसँग बैंक लिंक गरेपश्चात ग्राहकहरुले घरीघरी लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन्।

‘भुक्तानीको साथै आफ्नो बैंकबाट तुरुन्तै अर्को बैंकमा केही सेकेन्डमै रकम ट्रान्सफर गर्न सक्नेछन्’, उनले भने, ‘यो हाम्रा प्रयोग गर्दै आएका ग्राहक हरुको सबैभन्दा मन परेको भुक्तानी सहर्ज गर्ने सेवा हो।’

आफ्नो बैंक अकाउन्ट खल्तीसँग लिंक ३ सरल स्टेप्समा गर्न सकिन्छ।

यसका लागि खल्तीको होम स्क्रिनमा देखाइएको ‘लिंक बैंक नाउ’ मा गई आफ्नो बैंक सेलेक्ट गर्नपर्ने हुन्छ।

त्यसपश्चात आवश्यक सबै विवरणहरु भरी ‘सब्मिट’ बटनमा थिचेपछि रजिस्टर गरिएको मोबाइलमा ओटीपी पासवर्ड पाइन्छ।

उक्त पासवर्ड राखिसकेपछि आफ्नो खल्ती खातासँग बैंक लिंक सफलतापूर्वक गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .