वाग्मतीलाई प्रदेश सरकारले डिजिटल प्रदेश बनाउने घोषणा भएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्दै प्रदेश प्रमुखले डिजिटल प्रदेशको रुपमा वाग्मतीलाई अघि बढाइने जानकारी गराएका हुन्।
यसमा यातायात, सञ्चारलगायत विकासका पूर्वाधारहरु डिजिटलमैत्री बनाइने भएको हो।
त्यस्तै प्रदेशबाट हुने कामहरु उद्योग व्यवसाय दर्ता, कर भुक्तानी, तथा प्रशासनिक कार्यहरु डिजिटलमैत्री बनाइने भएको हो।
प्रतिक्रिया