ad ad

कारोबार


मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो सुझाव

मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो सुझाव

नेपालखबर
असार ६, २०७८ आइतबार ६:८,

आगामी आर्थिक वर्ष २०७८/०७९को मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले सुझाव मागेको छ।

हरेक वर्ष राष्ट्र बैंकले नयाँ आर्थिक वर्षको वित्तीय योजना तथा नीतिहरु वर्षको सुरुतिर सार्वजनिक गर्ने गर्छ। त्यसको लागि केन्द्रीय बैंकले सरोकारवालाहरुसँग सुझाव माग गरेको हो।

आर्थिक नीति तथा योजनाहरु बजेटमार्फत सार्वजनिक हुन्छ भने वित्तीय नीति तथा योजनाहरु मौद्रिक नीतिमार्फत सार्वजनिक हुन्छ।

नेपाल राष्ट्र बैंकले सुझाव दिँदै भनेको छ, ‘नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम मौद्रिक नीति तयार भइरहेकोले त्यसको सुझाव इमेलमार्फत दिन आग्रह गरेको छ।

यसको लागि राष्ट्र बैंकले इमेल ठेगाना [email protected] दिएको छ।

कोरोना प्रभावितको लागि राष्ट्र बैंकले ब्याजमा सहुलियत तथा राहत कोष समेत ल्याएको थियो। निजी क्षेत्रले कोशको प्रशंसा समेत गरेको थिए।

गत वर्षभन्दा आर्थिक क्षेत्र यस वर्ष झन् प्रभावित बनेकोले पनि राष्ट्र बैंकले सोही प्रकारको योजनाहरु ल्याउनुपर्ने बाध्यता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .