ad ad

राजनीति


इरानमा रईसी १३ औं राष्ट्रपति बन्दा खुशी भए सर्वोच्च नेता खानमेई, इजरायल चिन्तामा

इरानमा रईसी १३ औं राष्ट्रपति बन्दा खुशी भए सर्वोच्च नेता खानमेई, इजरायल चिन्तामा

नेपालखबर
असार ६, २०७८ आइतबार ५:५९,

६२ प्रतिशत मतका साथ रईसी १३ औं राष्ट्रपति बन्दा देशका सर्वोच्च नेता आयोतल्लाह खानमेई खुशी भएका छन्।

जितपछि नै हालका राष्ट्रपति हसन रुहानीसँग रईसीले भेटेका थिए। रईसीले आफ्नो सरकारले जनताको लागि राम्रो काम गर्न हरसम्भव प्रयास गर्ने बताएका छन्।

रईसीले यसैवर्षको अगष्ट महिनाको सुरुवातमा शपथ लिनेछन्। अधिकारीहरुका अनुसार देशको घरेलु राजनीति र विदेशी मामिलामा उनको प्रभाव रहनेछ।

तर इरानको राजनीतिक व्यवस्था, देशसँग जोडिएका सबै मामिलामा सर्वोच्च नेता खानमेईको अन्तिम फैसला हुन्छ। त्यहाँ सर्वोच्च नेतापछि मात्र राष्ट्रपति पद सबैभन्दा ठूलो हो।

रईसीको जितपछि सर्वोच्च नेता पनि खुशी भएको बताइएको छ। रईसीलाई खानमेईले पूर्ण रुपमा विश्वास गरेको बताइएको छ। खानमेईपछि रईसी नै देशको सर्वोच्च नेता हुने अनुमान गरिएको छ।

यसैबीच इरानमा नयाँ राष्ट्रपतिको रुपमा रईसी निर्वाचित भएपछि इजरायलले चिन्ता व्यक्त गरेको छ।

इजरेलले इरानमा इब्राहिम रइसीलाई नयाँ राष्ट्रपतिमा निर्वाचित भएको चुनावलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो दिनुपर्ने बताएको छ।

इजरेलको विदेश मन्त्रालयका एक प्रवक्ता लिओर हैअतले रइसीलाई इरानको अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपति बताएका छन्।

ती प्रवक्ताले नयाँ राष्ट्रपतिले इरानको आणविक गतिविधिहरू बढाउने भन्दै सजग गराएका छन्।

तर सर्वोच्च नेता खनमेईले भने विदेशीहरु इरानविरुद्धको दुष्प्रचारमा लागेको आरोप लगाएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .