सेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार परिसूचक नेप्से ६३.२८ अंकले र सेन्सिटिभ सूचक १२.६१ अंकले घटेको हो।
आजको कारोबारमा २ सय ३१ कम्पनी सामेल भएका छन्। दिनभरिमा कुल १ लाख २८ हजार २ सय ८१ पटकको खरिदबिक्रीमा ११ अर्ब ८१ करोड ९४ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
सबै १३ वटै समूहका सूचकहरु राताम्य भएका छन्। कुमारी बैंक लिमिटेड प्रमोटर सेयर र गुर्खाज फाइनान्स लिमिटेडका लगानीकर्ताले मात्रै कमाएका छन्। बाँकी लगानीकर्ताले १–३ प्रतिशत हाराहारमिा मात्रै कमाएका छन्।
आजको कारोबारमा युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले धेरै गुमाएका छन्। कम्पनीको सेयर ९.८१ प्रतिशतले घट्दा ४२ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।
त्यस्तै, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ५५ रुपैयाँ, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले २४ रुपैयाँ, घलेम्दीका सेयरधनीले २३ रुपैयाँ र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिसेयर ३७ रुपैयाँ नोक्सानी व्यहोरेका छन्।
आज नेपाल पुनर्बीमा कम्पनीको ८० करोडको सर्वाधिक कारोबार भएको छ भने दोस्रो सर्वाधिक कारोबार नेपाल इन्स्योरेन्स कम्पनीले गरेको छ। उसको ४२ करोडको कारोबार भएको हो।
Shares
प्रतिक्रिया