ad ad

कारोबार


सुबिसुले देशभर थप उच्च गतिको ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने

सुबिसुले देशभर थप उच्च गतिको ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने

नेपालखबर
असार ७, २०७८ सोमबार १२:४२,

सुबिसुले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन बिस्तार गरेको छ। एक हजार पाँच सय किलोमिटर पूर्व पश्चिम फैलिएको सुबिसुको नेटवर्कबाट देशभर सेवा बिस्तार गरेकाे सुबिसुले जनाएकाे छ।

बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्नका लागि नोकियाको अत्याधुनिक सोलुशनले सुबिसुले प्रदान गर्ने ब्रोडब्याण्ड सेवामा उल्लेखनीय सहयोग पुर्‍याउने छ।

सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले, नेपालमै पहिलो पटक ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन उपलब्ध गराएको हो, जसले सुबिसुको बढ्दो ब्याण्डविथ आवश्यकतालाई सम्बोधन गरी नयाँ बजार स्थापना गर्न मद्दत समेत गर्नेछ। अब सुबिसुका ग्राहकहरूले उच्च गतिको ब्रोडब्याण्ड सेवामा थप गुणस्तरीय सेवाको अनुभव प्राप्त गर्न सकिनेछ।

४०० जीबीपीएस सिंगल फाइबरयुक्त नोकिया १८३० फोटोनिक सर्भिस स्विच (पीएसएस) प्लेटफार्म अफरिङ्ग फोटोनिक सर्भिस ईन्जिन (पीएसई), दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिंग दैशभर जडान गरिएको छ। विश्वमै यस्तो समाधानको यो पहिलो अपरेसन हो।

नोकियाको ४०० जीबीपीएस सिंगल फाइबर सोलुशनले फाइबर क्षमतामा उल्लेखनीय सुधार गरी सुबिसुको नेटवर्कलाई सोलुशन कस्ट अप्टिमाइज गर्दै र अपरेशन कस्ट घटाउँदै थप सबल बनाउन मद्दत गर्दछ। यस समाधानले सुबिसुलाई सिंगल फाइबरको माध्यमबाट मल्टि–टेराबिट क्षमताको नेटवर्क सजिलै प्रदान गर्दछ।

सुबिसुका सीईओ बिनय मोहन साउद भन्छन्, ‘नोकियासँग हामी निकै लामो समयदेखि काम गर्दै आएका छौं, र नोकियाको इण्डस्ट्री लिडिङ्ग उत्पादन तथा सोलुशनहरूले हाम्रो सुबिसुको ग्राहकहरूलाई उच्च गति तथा गुणस्तरीय ब्रोडब्यान्ड सेवा प्रदान गर्न मद्दत गरिरहेको छ। यस महत्वपूर्ण परियोजनाको लागि नोकिया एकमात्र विक्रेता हो र यसको सोलुशनहरूले हाम्रो सेवाको माध्यमबाट ग्राहकवर्गहरूलाई उच्चस्तरीय अनुभव तथा सेवा प्रदान गर्न हामी सक्षम भएका छौं।’

भारतका लागि नोकियाका इमर्जिङ्ग मार्केटका प्रमुख विनीश बावा भन्छन्, ‘हाम्रो इन्डस्ट्री–प्रमाणित १८३० पीएसएस सोलुशनले सुबिसु जस्ता सेवा प्रदायकहरूलाई बढ्दो क्षमताको माग पूरा गर्न र ग्राहकको अनुभवलाई अझ परिस्कृत गर्न सक्षम भएको छ। सुबिसुको अप्टिकल नेटवर्कलाई आधुनिकरण गर्न यस महत्वपूर्ण परियोजनालाई सफल र समयमै समाप्त गरी उच्च प्रतिफल दिन पाएकोमा हामी खुशी छौं साथै भविष्यमा हाम्रो साझेदारी यसरी नै सदैव कायम रहनेछ।’

नियोटेरिक नेपालका एम.डी संजय गोल्छा भन्छन्, ‘नोकियाको पार्टनर भएको नाताले हामी नेपालमा नयाँ र भविष्य उपयोगी टेक्नोलोजीको निर्माण गरी उच्च गतिको कम्युनिकेशन प्रणाली बनाउने प्रकृयामा सहयोग गर्न सदैव प्रतिबद्ध छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .