ad ad

कारोबार


मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको साधारण सेयर १७ गतेदेखि

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको साधारण सेयर १७ गतेदेखि

नेपालखबर
असार ९, २०७८ बुधबार ७:३१,

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेबाट साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ।

१७ गतेदेखि असार २१ गतेसम्म साधारण सेयर खुला हुने सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी गराएको छ।

मनकामना स्मार्ट लघुवित्तले ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्न लागेको हो।

यसमध्ये ३२ दशमलव ११ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो।

सर्वसाधारणलाई छुट्याइएकोबाट कर्मचारी र सामूहिक लगानी कोषलाई पनि सेयर दिइनेछ।

३ लाख ९ हजार कित्ता सेयरमध्ये ६ हजार ५ कित्ता कर्मचारी र १९ हजार ४५० कित्ता कोषहरुले पाउने र बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले दाबी गर्न पाउनेछन्।

कम्पनीको सेयर कम्तीमा १० कित्ताका लागि आवेदन दिन सकिन्छ। बढीमा एक हजार कित्तासम्म भर्न पाइनेछ। अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .