ad ad

कारोबार


हुवावेद्वारा ५० बढी व्यावसायिक फाइभजी सम्झौता, २ लाख बढी मोडुल आपूर्ति

हुवावेद्वारा ५० बढी व्यावसायिक फाइभजी सम्झौता, २ लाख बढी मोडुल आपूर्ति

नेपालखबर
भदौ १७, २०७६ मंगलबार ७:१७,

 चिनियाँ दूरसञ्चार सामग्री निर्माणकर्ता कम्पनी हुवावेल चनिको छेङ्दुमा आज ‘पाँचौँ हुवावे एसिया प्यासिफिक इन्नोभेसन डे’ मनाएको छ। यस वर्षको आविष्कार दिनको नारा ‘आविष्कारले एसिया प्रशान्त डिजिटलाइजेसनलाई सक्रिय बनाउँछ’ भन्ने रहेको कम्पनीले जनाएको छ।

यससम्बन्धी कार्यक्रममा एसिया प्रशान्त क्षेत्रका देशबाट दुई सयभन्दा धेरै सरकारी प्रतिनिधि, उद्योगी र विज्ञहरु सहभागी रहेका थिए। कार्यक्रममा फाइभजी प्रविधि र यसको कार्यान्वयन, दिगो विकास तथा प्रविधि, मानवता र प्रकृतिबारे छलफल भएको हुवावेले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

कार्यक्रममा हुवावेका बोर्ड निर्देशक तथा इन्स्टिच्युट अफ स्ट्राटेजिक रिसर्चका प्रमुख विलियम सुले सम्बोधन गरेका थिए। उनले फाइभजी संसारमा ठीक समयमा आएको बताउँदै यसले धेरै क्षेत्र कभरेज गर्ने, ठूलो ब्यान्डविड्थ र परम्परागत कनेक्सनको तुलनामा कम विलम्बतायुक्त रहेको उल्लेख गरे। जटिल औद्योगिक कार्यमा समेत फाइभजी प्रयोग गर्न सकिने भएकाले यसले फरक फरक काममा फाइदा पुग्ने उनको भनाइ थियो। फाइभजी प्रयुक्त कार्यले विश्वलाई नै परिवर्तन गर्ने सुले बताए।

कार्यक्रममा हुवावेले नेटवर्क सेवा प्रदायकलाई द्रुतगतिमा फाइभजी कार्यान्वयनमा ल्याउन हुवावेले मद्दत गरिरहेको जानकारी दिइएको थियो।

फाइभजीमा एसिया प्रशान्त अगाडि
एसिया प्रशान्त क्षेत्रले फाइभजी कार्यान्वयन र प्रयोगलाई नेतृत्व गरिरहेको छ। एसियामा दक्षिण कोरियाले ठूलो स्केलमा फाइभजीको व्यावसायिक प्रयोग गरिरहेको छ। यसअर्थमा दक्षिण कोरिया विश्वकै पहिलो फाइभजी प्रयोग गर्ने देश हो। गत अप्रिलको सुरुतिर कोरियाले देशको २० लाख जनसंख्यामा फाइभजी सञ्चालन गरेको छ। त्यस्तै चीनले पाइलट कमर्सियल प्रयोगका लागि ठूलो स्केलमा फाइभजी नेटवर्क बनाइसकेको छ। तीनवटा मुख्य नेटवर्कले फाइभजी प्रयोग थालिसकेका छन्। चीनका बेइजिङ, शांघाई, ग्वान्झाउ, शेन्जेन र छेन्दुमा फाइभजी सञ्चालनमा आइसकेको छ। फाइभजीको डाउनलिंक उच्च दर १ जीबीपीएस रहेको छ। यो भनेको एक सेकेन्डमा एउटा एचडी फिलम १०८० पीमा डाउनलोड हुने अवस्था हो।

विश्वमा ३५ नेटवर्कले २० देशमा फाइभजी सञ्चालन गरिसकेका छन् र ३३ अन्य देशले फाइभजी स्पेक्ट्रम वितरण गरेका छन्। हुवावेले मात्रै ५० बढी फाइभजी सम्झौता सुरक्षित गरेको जनाएको छ। त्यस्तै २ लाख बढी मोडुल आपूर्ति गरिरहेको जनाएको छ। कम्पनीले सुरक्षित र अत्याधुनिक फाइभजी उत्पादन र समाधान दिइरहेको पनि उल्लेख गरिरहेको छ। उद्योगहरुलाई अझै सशक्तीकृत गर्नु आफ्नो उद्देश्य रहेको जनाउँदै हुवावेले औद्योगिक क्षेत्रमा डिजिटाइजेसनलाई सशक्त पार्न सहयोग गर्ने जनाएको छ।

उक्त कार्यक्रममा चाइना मोबाइल सिचुवान र हुवावेले फाइभजी स्टेरियो कभरेज नेटवर्क सार्वजनिक गरेका थिए। जुन बेसिक कभरेज लेयर हो। हुवावेले फाइभजी विकास र विस्तारमा अन्य थुप्रै कम्पनीसँग पनि मिलेर औद्योगिक कार्यका लागि फाइभजी प्रयोग बढाउने काम गरिरहेको छ।

सन् २०१३ यता हुवावे इन्नोभेसन डे विश्वका फरक सहरमा आयोजना हुँदै आएको छ। लन्डन, मिलान, म्युनिख, पेरिस, सिंगापुर, सिडनी, क्वालालम्पुर, बैंकक, दुवई र साओ पाउलोमा यस्तो कार्यक्रम कम्पनीले गरिसकेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .