ad ad

कारोबार


भायनेटको अफरः दशै तिहारमा टिभी उपहार

भायनेटको अफरः दशै तिहारमा टिभी उपहार

नेपालखबर
भदौ २६, २०७६ बिहिबार १२:३२,

इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेट कम्युनिकेसन्सले आजदेखि दशै र तिहारलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि ‘भायनेट दशै तिहार टिभीको उपहार’ नामक नयाँ अफर ल्याएको छ।

यस अफरअन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेटटिभीको साथ स्काईवर्थको ३२ र ४० इन्च टिभी भारी छुटमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। इन्टरनेट र टिभीका ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले ३२ र ४० इन्चको स्काईवर्थ एलईडी टिभी घरमै लैजान सक्ने पनि कम्पनीले जनाएको छ।

वार्षिक २५ हजार ९ सय ९० रुपैयाँमा भ्याट जोडेर ग्राहकहरुले ५० एमबीपीएस गतिको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेटटिभीसँगै ३२ इन्चको टिभी जित्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै, कम्पनीले स्काईवर्थको ४० इन्च टिभी र इन्टरनेटको कम्बो प्याक पनि अफरमा समावेश गरेको छ। वार्षिक ३४ हजार ५ सय ४५ रुपैयाँ मूल्यमा भ्याट जोडेर ग्राहकले ५० एमबीपीएस गतिको इन्टरनेट र २ सय ३० बढी च्यानलयुक्त नेटटिभीसँगै स्काईवर्थको ४० इन्च टिभी घरमा लैजान सक्नेछन्। साथै प्रथम २ सय जना ग्राहकहरुले थप १ हजार ४ सय ७५ रुपैयाँको छुट पाउने कम्पनीले जनाएको छ।

विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्सले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीका सेवाहरु काठमाडौंबाहिर बिराटजगर, ईटहरी, बीरगंज, हेटौडा, टाँडी, नारायणगढ, बुटवल, भैरहवा, धनगढी, डडेलधुरा, बनेपामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भिसेवा सुचारु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .