ad ad

कारोबार


साढे दुई महिनामा ४०१ पसलमा अनुगमन, २४ लाख जरिवाना

साढे दुई  महिनामा  ४०१ पसलमा अनुगमन,  २४ लाख जरिवाना

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ११:२४,

 वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालू आर्थिक वर्षमा  ४०१ पसलमा अनुगमन गरेको छ।

साउनको सुरुवातदेखि नै बजार अगुनमन गर्न थालेको विभागले झण्डै डेढ महिनामा विभिन्न स्थानका ४ सय पसलमा अनुगमन गरेको हो। अनुगमन गरिएका ४०१ पसलमध्ये १ सय ७४ पसललाई जरिवाना गरिएको विभागले जनाएको छ।

विभागको टोलीले साउनमा ८८ वटा अनुगमन भएका गरेको थियो। जसमा ४२ वटा जरिवाना गरेको छ भने भदौमा २ सय २२ स्थानामा अनुगमन भएकोमा १ सय ७ वटालाई जरिवाना गरिएको छ। असोजमा हालसम्म ९१ स्थानमा अनुगमन भएको छ। जसमा २५ वटालाई जरिवाना गरिएको हो। कुल जरिवाना स्वरुप २४ लाख ४७ हजार रुपैयाँ जरिवाना उठाएको उद्योग उल्लेख छ।

अनुगमनको क्रममा क्रिटिकल अवस्था देखिएका पसललाई शीलबन्धी तथा कारोवार नै रोक्का भने ४५ वटालाई गरिएको छ। २ वटालाई भने मुद्दा नै दायर गरिएको शुक्रबार उद्योग वाणिजय तथा आपूर्ति मन्त्री मात्रृका प्रसाद यादवले जानकारी गराएका छन्।

चाडवाडलाई लक्षित गरेर मन्त्रालय तथा विभागले सहुलियत दरमा खाद्यान्न उपलब्ध गराएको पनि उनले जानाकारी गराए दिए। उनका अनुसार सरकारी संस्थानहरुको समन्वयमा ७३ स्थानमा सहुलियत मुल्यमा पसल राखिएको छ।

मन्त्री य ादवले यही असोज १३ गतेदेखि भेँडा च्याङ्ग्रा तथा खसीबोका बिक्री गरिने समेत जानकारी दिए। सरकारले नै खरिद गरेर ल्याएको ३ हजार भेडा च्याङ्ग्रा तथा खसीबोका सहुलियत मूल्यमा १३ गते अर्थात सोमबारदेखि थापाथलीबाट बिक्री सुरु गरिने मन्त्री यादवले जनाकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .