ad ad

समाज


च्याङ्ग्रा र ट्याक्सी चोर पक्राउ

च्याङ्ग्रा र ट्याक्सी चोर पक्राउ

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ११:३३,

दशैँको लागि ल्याइएका च्याङ्ग्रा चोर्नेहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ। मुस्ताङबाट ल्याइएका च्याङ्ग्रामध्ये २ वटा कास्कीको अन्नपूर्ण गाउँपालिका–६, ढावा भन्ने ठाउँमा चोरी भएको थियो।

च्याङ्ग्रा सोही ठाउँका २४ वर्षीय विशाल र सागर गुरुङले चोरी गरेका थिए। उनीहरुलाई चोरेका च्याङ्ग्रा काटेर पोल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

यता पोखरा–१४, शिवमार्गमा पार्किङ गरिराखेको ग १ ज ३८७१ नम्बरको मारुती सुजुकी ट्याक्सी चोरी गर्नेहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ। चोरीमा संलग्न २२ वर्षीय राजन राई, २१ वर्षीय अजय परियार,२० वर्षको सञ्जय परियार र एकजना १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले पार्किङ गरेको सो ट्याक्सी पोखरा–१६, विजयपुरको टाइगरटप होटल भएको डाँडामा पुर्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .