ad ad

कारोबार


एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु

नेपालखबर
असोज १३, २०७६ सोमबार १२:१०,

एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंक लि.बीच एकीकृत कारोबार सुरु भएको छ। दुई बैंकबीच शनिबारदेखि एकीकृत कारोवारको शुभारम्भ भएको हो।

दुवै संस्था गाभिएपश्चात् बैंकको चुक्तापुँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरी कुल पुँजी २० अर्ब १५ करोड पुगेको छ। मर्जपश्चात् बैंकको नाम एनएमबि बैंक लि. र मुख्य कार्यालय एनएमबि भवन, बबरमहल, काठमाडौं रहेको छ।

दुवै संस्था गाभिएपश्चात् एनएमबि बैंकको प्रदेश ३ मा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र प्रदेश ५मा शाखा सञ्जाल २९ वटा गरी कुल शाखा सञ्जाल १ सय ६३, एटीएमहरुको सञ्जाल १ सय २८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या पाँच पुगेको छ ।

एकीकृत कारोवारको शुभारम्भ गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गको उपस्थितिमा गण्डकी प्रदेशको पोखरामा भएको थियो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलले पढेर सुनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .