ad ad

कारोबार


चालू आवमै किसानलाई निवृत्तिभरणको व्यवस्थाः कृषिमन्त्री खनाल

चालू आवमै किसानलाई निवृत्तिभरणको व्यवस्थाः कृषिमन्त्री खनाल

नेपालखबर
असोज १४, २०७६ मंगलबार १०:३४,

सरकारले चालू आर्थिक वर्ष भित्रै किसानलाई पनि निवृत्तिभरणको व्यवस्था गर्ने तयारी गरेको छ। कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले किसानलाई निवृत्तिभरणको व्यवस्था गर्न परिचय पत्र वितरणको काम तत्काल सुरु गर्न लागिएको जानकारी दिएका हुन्।

राष्ट्रिय किसान आयोगले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले किसानलाई परिचयपत्र वितरण गरेपछि नियमावली बनाएर निवृत्तिभरण दिने योजना रहेको पनि स्पष्ट पारे। त्यसका लागि बजेटका व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव लगिएको मन्त्री खनालको भनाइ छ।

मन्त्री खनालले किसानलाई परिचय पत्र वितरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .