ad ad

कारोबार


जनरल इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

जनरल इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

नेपालखबर
असोज १४, २०७६ मंगलबार १३:१२,

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. ले प्रति शेयर रु.१०० अंकित दरको तीन लाख कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एस.के.टमोट र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे। जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी रु.२ अर्व, जारी पूँजी रु.१ अर्व र चुक्ता पूँजी रु.७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु.१ अर्व हुनेछ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०६४मंसिर १० मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो। २०७४माघ २४ गते बीमा समितिबाट निर्जीवन बीमा कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७४/०३/०६ गतेदेखि आफ्नो बीमा सम्बन्धी कारोवारको शुुभारम्भ गरेको हो।

यस कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं.१ हात्तीसार, काठमाण्डौंमा रहेको छ। कम्पनीले कारोवार शुरु गरेको छोटो अवधिमै नेपालका मुख्य शहरहरु काठमाण्डौ उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, बिराटनगर, बनेपा, हेटौडा, नारायणगढ, चरीकोट, लाहान, जनकपुर, हरिओन, बिरगंज, बर्दिबास, पोखरा, बाग्लुङ्ग, कावशोती, बुटवल, भैरहवा, घोराही, नेपालगंज, धनगढी, टीकापुर, महेन्द्रनगर, बट्टार, वालिङ, मणिग्रम, फसाििटकर, भुमहीमा काठमाण्डौ उपत्यका भित्र कालिमाटि, महाराजगंज चावहील, न्यूरोड, नयाँबानेश्वर, बालाजु, जावलाखेल, भक्तपुर गरि जम्मा ३७ वटा शाखा कार्यालय र १० तेश्रोपक्ष बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गरि रहेकोछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .