होन्डा टू ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ।
प्रत्येक होन्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा ४ हजार रुपैयाँसम्मको क्यासब्याक पनि हात पार्न सकिने कम्पनीले जनाएको छ।
यसका साथै निःशुल्क चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ। योजना २०७९ असार ५ देखि असार १० गतेसम्म मात्रै लागू हुनेछ। योजनाअन्तर्गत उपत्यकाभित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्नेछन्।
नेपालमा सर्वाधिक रुचाइएको होन्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ।
120
Shares
प्रतिक्रिया