सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा पनि करिब १ खर्ब रुपैयाँको आयात भएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा ९९ अर्ब ४२ करोड रुपैयाँको आयात भएको हो।
भन्सार विभागका अनुसार गाडीका पार्ट्स ०८७ बाहेक एचएस कोडबाट पनि आउने भएकाले १ खर्ब बढीका सवारीसाधन तथा तिनका पार्टस आयात भएका छन्।
सबैभन्दा बढी दुईपांग्रे सवारीसाधन आयात भएको छ। २७ अर्ब ६२ करोड रुपैयाँबराबरका मोटरसाइकल तथा स्कुटर आयात भएको छ।
साढे १२ अर्बका पेट्रोल कार तथा जिप आयात भएका छन् भने डिजेल इन्जिनका ३ अर्ब ६५ करोडका आएका छन्।
५ अर्ब ३२ करोड रुपैयाँका विद्युतीय गाडी आयात भएका छन्। १४ अर्ब ४५ करोड रुपैयाँको ढुवानीका साधन आएका छन्। ११ अर्ब बढीका गाडीका पार्टस् आयात भएका छन्।
गत वैशाख १४ गतेपछि सरकारले डिजेल र पेट्रोलका सबै र बढी सीसीका मोटरसाइकल आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। गत असारपछि चाहिँ १५० सीसीमाथिका सबै दुई पांग्रे आयातमा प्रतिबन्ध लगाएको थियो। विद्युतीयमा भने आयात गर्न छुट दिएको छ।
Shares
प्रतिक्रिया