ad ad

कारोबार


उमेश मानन्धर बने नेपालकै उत्कृष्ट मेकानिक

उमेश मानन्धर बने नेपालकै उत्कृष्ट मेकानिक

नेपालखबर
साउन ९, २०७९ सोमबार १९:१, काठमाडौँ

सिप्रदी अटोपार्टस् प्रा. लि.र टाटा मोटर्स् लिमिटडको आयोजनामा नेपालभर छरिएर रहेका १२ सयभन्दा बढी मेकानिकहरुको सीप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ। 

उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्वितीय र काठमाडौंका डेम लामाले तृतीय स्थान हासिल गरेका छन्। 

प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा २०० र दोस्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागिता थियो । 

टाटा मोटर्स्का सवारी साधनहरुलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मतसंभार सहज रुपमा प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय मेकानिक्सहरुसँग सहकार्यका विभिन्न कार्यहरु अगाडि बढाइएको सिप्रदीले जनाएको छ।  

यसमध्ये टाटा गुरु कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम रहेको छ, र तिनै टाटा गुरुहरुलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धि गराउँदै पनि आएको छ।

बजारमा रहेका टाटा गुरुहरुको क्षमताको परिक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँहरुको पहिचान गर्नका निमित्त टाटा गुरुहरुको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमकोे नाम गुरुक्षेत्र रहेको सिप्रदी अटोपार्ट्स प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी बताउँछन्। साथै यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तराष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने कुरा उनी बताउँछन्।  

तीन सयभन्दा बढी मेकानिक्सहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरु पुरस्कृत भएका छन्। चितवनको सेभेन स्टार होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले सम्बोधन गरेका थिए। 

सबै टाटा गुरुहरुको क्षमता अभिवृद्धीको जिम्मेवारी सिप्रदीले लिने पनि बताएका छन्। साथै कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीजका प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले पनि सम्बोधन गरेका छन्। टाटा मोटर्सका तर्फबाट इन्टरनेशनल विजनेस हेड निल कुमार मिश्रले सम्पूर्ण गुरुहरुलाई धन्यवाद भन्दै अन्तराष्ट्रिय प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .