ad ad

कारोबार


निसान र ड्याट्सनको बिक्रेता पायोनियर मोटोकर्पको आम्दानी अर्बले बढ्यो

गत वर्ष कमायो ३ अर्ब ७४ करोड
निसान र ड्याट्सनको बिक्रेता पायोनियर मोटोकर्पको आम्दानी अर्बले बढ्यो

नेपालखबर
साउन १८, २०७९ बुधबार १२:३९, काठमाडौँ

नेपालमा निसान र ड्याट्सन गाडीको बिक्रेता पायोनियर मोटोकर्पको सञ्चालन आय १ अर्ब १४ करोड २० लाख रुपैयाँले बढेको छ। 

सन् २०२१ मा कम्पनीले ३ अर्ब ७४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको हो। 

कम्पनीले सन् २०१८ मा २ अर्ब ७२ करोड ४० लाख, सन् २०१९ मा ३ अर्ब २३ करोड ९० लाख र सन् २०२० मा २ अर्ब ५९ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो। 

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सन् २०१४ को अगस्टमा स्थापना भएको पायोनियर मोटो कर्प निसान र ड्याट्सनको आधिकाारिक बिक्रेता हो। कम्पनीमा सन्दीप कुमार सारडाको शतप्रतिशत सेयर रहेको छ। उनी नै यसका प्रबन्धनिर्देशक हुन्। 

यो कम्पनीले स्पेयर र एसेसरिज तथा दुवै ब्रान्डको सर्भिसिङ उपलब्ध गराउँदै आएको छ। यसका तीन शोरुम र सेल्स आउटलेट छन्।

दुईवटा काठमाडौंमा र एउटा विराटनगरमा रहेका छन् भने १० वटा क्षेत्रीय डिलरसिप आउटलेट मुख्य सहरहरुमा रहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .