ad ad

कारोबार


चुनिखेलमा हुन्डाई नेपालको वृक्षरोपण कार्यक्रम

चुनिखेलमा हुन्डाई नेपालको वृक्षरोपण कार्यक्रम

नेपालखबर
भदौ ५, २०७९ आइतबार १४:६, काठमाडौँ

हुन्डाई नेपालले 'बि (भी) द चेन्ज’ अभियानअन्तर्गत रातोमाटे डाँडा, चुनिखेलमा वृक्षरोपण कार्यक्रम गरेको छ। 

कम्पनीले शनिबार रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपेको हो। 

उक्त कार्यक्रममा ईभीका विभिन्न उमेर समूहका करिब १५० जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ। कोना र आयोनिक ५ गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथली बाट बूढानीलकण्ठसम्म गएको थियो।

हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहलस्वरूप ल्याइएको हो। ब्याट्री इलेक्ट्रिक भेहिकल कार्बन न्युट्रालिटिको पर्याय बनेको आजको समयमा बि द चेन्जले हरेकलाई व्यक्तिगत र सामुदायिक स्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको कम्पनीको भनाइ छ।

बि द चेन्ज अभियानअन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरूमध्ये एक वृक्षरोपणले साधारण सवारीसाधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आशा राखिएको छ। त्यस्तै आगामी दिनमा पनि कम्पनीले बि द चेन्ज अन्तर्गत पर्यावरण दिगोपन सम्बन्धी अन्य कार्यक्रम आयोजना गरी पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने धेय राखेको छ।  

गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटी कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो।

कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाख भन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ।

हुन्डाई मोटर कम्पनीले आफ्नो यही मिसनलाई अगाडि बढाउने हेतुले यही अप्रिलमा "गोल अफ द सेन्चुरी" नामक विश्वव्यापी अभियान सुरु गरेको थियो। यस अभियानले फुटबलको विश्वव्यापी आकर्षण मार्फत फुटबल प्रेमीहरू र अन्यलाई पनि दिगोपनको अभ्यासमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .