ad ad

कारोबार


एकै छानामुनि मोटरहेड र टारोको बाइक तथा स्कुटर शोरुम

एकै छानामुनि मोटरहेड र टारोको बाइक तथा स्कुटर शोरुम

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १२:१०, काठमाडौँ

एसजी गु्रपअन्तर्गत नेपालमा बिक्री भइरहेको मोटरहेड र टारो ब्राण्डका बाइक तथा स्कुटर अब ग्राहकहरुले उक्त कम्पनीको हाल रहेको विभिन्न शोरुमबाट एकै छानामुनि सहज तरिकाले खरिद गर्नसक्ने भएका छन्। 

डर्ट, स्क्रयाम्वलर, क्रसओभर, स्पोर्ट तथा स्कुटर गरी अब कम्पनीले ५ सेग्मेन्टका दुईपाङ्ग्रे साधन एकै साथ उपलब्ध गराउँदा ग्राहकहरुले सजिलो महसुस गर्ने र खरिद गर्ने निर्णयमा पुग्न सजिलो हुने विश्वासको साथ कम्पनीले यो नीति अघि सारेको जनाएको छ। 

यसका साथै बिक्रीपछिको सेवा पनि हाल कायम रहेको सर्भिस सेन्टरलाई अफग्रेड गरी सञ्चालनमा ल्याउने भएकोले पनि ग्राहकहरुलाई पार्ट्स तथा सर्भिसिङ र मेन्टीनेन्समा सहज हुने विश्वास कम्पनीको रहेको छ। 

काठमाडौंको नक्साल, बालाजु, मित्रपार्क, टेकु, ललितपुरको धोबिघाट तथा भक्तपुरको सल्लाघारी स्थित शोरुमहरुमा गई ग्राहकहरुले उक्त दुवै ब्राण्डको अवलोकन तथा टेष्ट राइड गरी खरिद गर्नसक्ने कम्पनीले जनाएको छ। 

कम्पनीले ग्राहकमुखी वातावरण कायम राखी उक्त उद्देश्यलाई साकार बनाउन आफ्ना शोरुमहरुमा यही भदौ १९ गतेबाट उपत्यका व्यापी शोरुम टेष्ट राइड कार्यक्रमको सुरुवात गर्दै छ, जहाँ ग्राहकले टेष्ट राइड गरी उपहार जित्नुको साथै विभिन्न गेममा सहभागी भई थप उत्साहित माहोलमा अन्य उपहार पनि जित्न सक्ने कम्पनीले जनाएको छ।

टेकन आर २५०, स्क्राम्बलर२५०, एमएच१५० मोटरहेडका चलेका मोडलहरुमध्ये एक हुन् भने गत कात्तिकमा नेपाल भित्रिएको जीपी१ २५०, जीपी२ २००, इमोला१५० टारो ब्राण्डका वढी मन पराइएका मोडलहरु हुन्। कम्पनीको दशैं तिहार अफर पनि छिट्टै ल्याउने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .