होण्डा टू ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डाको दसैँको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ।
योजनाअन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपनमार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउनेछन्।
७ प्रदेशबाट एक–एक जना गरी ७ जनाले ७ लाख पाउनसक्ने कम्पनीले जनाएको छ। त्यस्तै बम्परमा लक्की ड्रमार्फत १५ लाख नगद उपहार जित्न सकिनेछ। साथै इजी फाइनान्सको पनि सुविधा छ।
यो योजना यही भदौ २० देखि सुरु भई सीमित अवधिसम्म मात्रै लागू हुनेछ।
नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ।
42
Shares
प्रतिक्रिया