ad ad

कारोबार


जावाले ल्यायो दशैँ अफर : ९ प्रतिशत ब्याजदरमा मोटरसाइकल

जावाले ल्यायो दशैँ अफर : ९ प्रतिशत ब्याजदरमा मोटरसाइकल

नेपालखबर
भदौ २६, २०७९ आइतबार १४:४६, काठमाडौँ

यो वर्षको दसैँ र तिहारको अवसरमा जावा मोटरसाइकलले अफर ल्याएको छ। 

जावा नेपालले ९ प्रतिशत ब्याजदरमा मोटरसाइकल किन्न सकिने अफर ल्याएको हो। 

कम्पनीका अनुसार हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेसनल राइडिङ ज्याकेट’ र निःशुल्क हेल्मेट पनि प्राप्त गर्न सकिनेछ। 

कम्पनीले सजिलै साटफेर गर्न सकिने र सर्वाधिक मूल्यांकन गर्ने अर्को सुविधा पनि यस अफरमा समावेश गरेको छ। 

कम्पनीले भनेको छ, ‘९ प्रतिशतको न्यूनतम ब्याज दरसँग, आफ्नो मनपर्ने जावा प्राप्त गर्न अब अझ सजिलो भएको छ। हाम्रो फाइनान्सिङ पार्टनर अग्नि हायर पर्चेज लिमिटेडसँगको सहकार्यमा यो सुविधा ल्याइएको हो।’ 

सजिलो फाइनान्सिङ र न्यूनतम ब्याज दरको साथ कुनै पनि झन्झटविना आफ्नो मनपर्ने जावा खरिद गर्नसक्ने कम्पनीले जनाएको छ। 

जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सेल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ। 

यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीईद्वारा प्रमाणीकरण गरिएको छ। त्यसैगरी यसको हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्दछ।

जावा मोटरसाइकल एक दशक भन्दा बढी समयदेखि मोटरसाइकल बनाउने लेजेन्डरी बाइक निर्माता कम्पनी हो। यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो। 

नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रा.लि. ले भित्र्याएकोे हो। 

अग्नि माटो इन्क प्रा.लि अग्नि ग्रुपअन्तर्गत स्थापित सहसंस्था हो। देशभरको १६ भन्दा बढी डिलर नेटवर्कबाट जावा मोटरसाइकल खरिद गर्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .