ad ad

कारोबार


चेरीले ल्यायो ५ लाख ९० हजार रुपैयाँसम्म फाइदा हुने ‘चाडपर्व अफर’

चेरीले ल्यायो ५ लाख ९० हजार रुपैयाँसम्म फाइदा हुने ‘चाडपर्व अफर’

नेपालखबर
भदौ २७, २०७९ सोमबार १५:३, काठमाडौँ

नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ।

नेपालीहरुको महान चाडपर्व दसैं, तिहार र छठलाई लक्षित गरी ल्याइएको सो अफर चेरीका सबै प्रो सिरिज अर्थात् चेरी टिग्गो ४प्रो, टिग्गो ७प्रो र टिग्गो ८प्रो मा लागू हुनेछ।

चेरीका यी कार किन्दा ग्राहकले मोडलअनुसार ५ लाख ८९ हजार ८ सय रुपैयाँसम्मको फाइदा लिन सक्नेछन्।

यीबाहेक ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा र सडक दस्तुर छुट पाउनेछन् । त्यसैगरी कम्पनीले यी कारमा ३ वर्षको वारेन्टी र ३ वर्षको सर्भिसिङ सुविधा उपलब्ध गराउने छ।

कुनै पनि पुरानो कारसँग चेरी कार एक्सचेन्ज गर्दा १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस सुविधा समेत प्राप्त हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .