शंकर ग्रुपले अटो मोबाइल्स क्षेत्रबाट गत आर्थिक वर्षमा १७ अर्ब रुपैयाँको व्यापार गरेको छ।
ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स र जगदम्बा अटो ग्रुप प्रालिले उक्त परिमाणको कारोबार गरेका हुन्।
टीभीएस मोटरसाइकल र प्रोटोन कारको आधिकारिक बिक्रेता कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा १३ अर्ब ६२ करोड रुपैयाँको कारोबार गरेको हो।
आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीको व्यापार ६ अर्ब ६५ करोड रुपैयाँमा सिमित रहेकोमा २०७७/०७८ मा व्यापार वृद्धि गरेको थियो। २०७७/०७८ मा कम्पनीले १३ अर्ब १३ करोड रुपैयाँले आम्दानी गरेको थियो।
कम्पनीको आम्दानी साढे २ प्रतिशतले बढेको छ। टीभीएस एनटर्कको बिक्री बढ्दा कम्पनीको आम्दानी बढेको छ। १२५ सीसीको टीभीएस एन्टर्क मोडल सार्वधिक बिक्री हुनेमा रहेको छ। टीभीएसको प्रतिस्पर्धीको रुपमा होन्डा, बजाज, हिरो, यामाहा रहेका छन्।
२०१० मा एस.जी ग्लोबल प्रा.लिको नामा दर्ता भएको कम्पनी २०१५ मा जगदम्बा मोटर्समा रुपान्तरण भएको थिो।
शंकर ग्रुपअन्तर्गतको कम्पनीले २०१५ बाट टीभीएस ब्रान्डका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको थियो भने २०२० बाट मलेसियन कार ब्रान्ड प्रोटन बिक्री गर्न थालेको हो।
टीभीएसका २ पांग्रे र ३ पांग्रे दुवैको राम्रो व्यापार रहेको छ। २ पांग्रेमा १०० सीसीदेखि ३१० सीसीसम्मका मोटरसाइकल, ११० देखि १२५ सीसीसम्मका स्कुटर बिक्री गर्दै आएको छ। शंकर ग्रुपले सिमरामै करिब १ अर्ब लागतमा २ पांग्रे एसेम्बल उद्योग स्थापना गरी उत्पादन गर्दै आएको थियो।
पछिल्लो २ वर्षमा कम्पनीको नाफा समेत बढेको छ। ब्याज, आयकर, अवमुल्यन बाहेकको नाफा १५.७६ प्रतिशत पुगेको छ। २०७६/०७६ मा यस्तो नाफा १०.६१ प्रतिशत मात्रै रहेको छ।
एक दशकदेखी कम्पनीले अटोमोबाइल्समा क्षेत्रमा रहेको कम्पनीले स्पेयर पार्टस्, सर्भिसेज र एसोसरिजको व्यापार गर्दै आएको छ। गत आर्थिक वर्ष संकर ग्रुपले १२० वटा प्रोटनका गाडी विक्री गरेको छ। जगदम्बा मोटर्सले देशभर १४१ वटा डिजल नेटवर्क स्थापना गरेको छ।
अटोमोबाइल्सको व्यवसायमा चुनौतीको रुपमा अस्थिर नीति रहेको छ। सरकारले १५० सीसीमाथिका मोटरसाइकल प्रतिबन्ध लगाएको छ। टीभीएसको १५० सीसीमुनिका सेगमेन्टको व्यापार बढ्दा समग्रमा असर परेको छैन। सरकारले २०२१ पुस मसान्तबाट ५० प्रतिशत नगद मार्जिन राख्ने व्यवस्थाले बढ्दो व्यापारमा केही ब्रेक लागेको थियो।
ठूलो घरानाको रुपमा उदाएको शंकर ग्रुप अटोमोबाइल्समा पनि राम्रो व्यापार गर्न थालेको छ। नेपालको २ पांग्रेमा २० प्रतिशत मार्केट सेयर र ३० प्रतिशत ३ पांग्रेको रहेको छ। डन्डी उत्पादनमा एकलौटी रहेको ग्रुप पछिल्लो समय सिमेन्टमा समेत ठुलो बजार हिस्सा ओगटेको छ। शंकर ग्रुप डन्डी सिमेन्टबाहेक पोलिमर, ट्रेडिङ, हस्पिटालिटी, इस्योरेन्स लगायतमा लगानी रहेको छ।
इन्फोमेरिसले गरेको रेटिङ अनुसार कम्पनीले ५ अर्ब २० करोड ऋण लिन सक्छ।
त्यस्तै जगदम्बा अटो ग्रुप प्रालिले एसेम्बलिङबाट मात्रै ३ अर्ब ४२ करोडको व्यापार गरेको छ। यो जगदम्बा ग्रुपको अटो एसेम्बलिङ कम्पनी हो। यसले टीभीएसका दुईपांग्रे र तीनपांग्रे गाडी एसेम्बलिङ गर्दै आएको छ।
सन् २०२१ मा यो कम्पनीको आम्दानी ७३ करोड मात्र थियो। सरकारले एसेम्बलिङ उद्योगलाई अन्तःशुल्कमा २५ प्रतिशतबाट ५० प्रतिशत छुट दिएसँगै कम्पनीको आम्दानी ह्वात्तै बढेको छ।
Shares
प्रतिक्रिया