विश्वमै लोकप्रिय इस्पोर्ट्स अब नेपालको मोटर स्पोटर्समा प्रवेश गरेको छ ।
सिमुलेटर प्रयोग गरी साच्चिकै ट्रयाकमा खेलेको अनुभूति हुने भएकाले विश्वभर निकै लोकप्रिय यो खेल नेपालमा फ्रन्टियर मोटोस्पोर्टले जनवरी ५ देखि ८ सम्म भर्चुअल हट–ल्याप कम्पिटिसन आयोजना गर्दै छ।
फ्रन्टियर मोटोस्पोर्ट्सका संयोजक दिग्विजय अधिकारले म्याकलरेन ५७०एस जीटी४ कारको प्रयोग गरी ज्यान्डभूर्ट ट्रयाकमा खेलिने सो रेस जनवरी ५ र ७ मा बौद्धको जीक्याफेमा हुने र जनवरी ६ मा बालुवाटारको क्याफे सोमामा हुने जानकारी दिएका छन् ।
ल्यापअनुसार शुल्क तिरेर प्रतियोगितामा भाग लिन सकिने उनले बताएका छन्। २ ल्याप रु १०० मा, ४ ल्यापको लागी रु २०० र रु ४०० मा १० ल्यापको रेसमा भाग लिन सकिनेछ। तीन दिनसम्म चल्ने प्रतियोगिताका उत्कृृष्ट १० ल्यापका प्रतिस्पर्धीले जनवरी ८ को फाइनलमा खेल्नेछन्।
अटोमोबाइलको अन्तर्राष्ट्रिय महासंघ एफआईएले पनि इस्पोर्ट्स केन्द्रित कार्यक्रमहरु आयोजना गर्दै छ र मोटर स्पोटसर्् मूख्य विधाको रुपमा यो स्थापित हुँदै छ।
सिङ्गापुरमा आयोजना हुने ओलिम्पिक इस्पोर्ट्सको रेसिङ्गलाई निकै चासोको साथ हेरिएको छ। नेपालमा १५ वर्षदेखि मोटर स्पोटर्समा सम्लग्न नासा नेपालले इस्पोर्ट्सको टिम निर्माण गरी कार्यक्रमहरु आयोजना गर्दै छ।
दिग्विजय अधिकार संयोजक रहेको सो टिममा जय प्रताप मास्के, सुयोग खनाल, सौगात राजभण्डारी, सिजन भट्टराई, रितेश उपाध्याय र अंकित भण्डारी रहेका छन् ।
Shares
प्रतिक्रिया