सडक सुरक्षासम्बन्धी प्रदेशस्तरीय जनचेतनामूलक कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरर्गतको ‘नेशनल रोड सेफटी काउन्सिल नेपाल’को आयोजना, नासा नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा मंगलबार कार्यक्रम गरिएको हो।
बागमती प्रदेशका पेशागत, व्यवसायिक तथा सामाजिक क्षेत्रका १०० बढीकोे सहभागीता रहेको सो कार्यक्रममा प्रदेशकै पूर्वाधार निति, कार्यक्रम तथा सुरक्षीत यातायातको लागी विभिन्न कार्यपत्रहरुमा छलफल भएको थियो।
नेपाल अटोमोबाइल्स एसोंसिएसन नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई र भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय अन्तर्गतको भेहिकल फिटनेस सेन्टरका प्रमुख कृष्ण यादवले सडक यातायातको अबस्था र सडक सुरक्षाको लागि नेपाल सरकारले चालेको कदमको बारेमा प्रस्तुति दिएका थिए।
त्यस्तै, राप्रपाकी सहमहामन्त्री रिना गुरुङ, अटोमोबाइल इन्जिनियर सुयोग खनाल र युवा अभियानकर्मी प्रकृती अर्यालले राजनीतिक, पेशागत र युवा समुदायको भूमिका बारेमा तथा माधव न्यौपाने, बिक्रम खतिवडा, कमला आचार्य लगायतले प्रदेश रोड सेफ्टी काउन्सिल र मोटरसाइक्लिष्ट सेफ्टीको आवश्यकताको बारे उल्लेख गरेका थिए।
कार्यक्रमको अन्तमा ११ बुँदे हेटौँडा घोषणा–पत्र अनुमोदन गर्दै १५ वटा पेशागत र व्यावसायिक संघ संस्थाको बीचमा चितवनकी रिना गुरुङको संयोजकत्वमा बागमती प्रदेश एलाइन्स गठन गरिएको छ।
Shares
प्रतिक्रिया