चर्चित अमेरिकी अर्बपति बिल गेट्स यतिखेर भारतमा छन्।
माइक्रोसफ्टका सहसंस्थापक उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक दिनअघि एउटा भिडिओ सेयर गरेका छन्। जहाँ उनी महिन्द्राको विद्युतीय तीनपांग्रे ट्रियोमा चढ्छन्, चाबी घुमाउँछन् र रफ्तार लिन्छन्।
‘मैले ४ जनासम्मलाई बोकेर १३१ किमिसम्म यात्रा गर्न सकिने एउटा विद्युतीय रिक्सा हाँकेँ’, उनले भिडिओ सेयर गर्दै भनेका छन्, ‘महिन्द्राजस्तो कम्पनीले यातायात उद्योगमा कार्बनशून्यताको लागि योगदान पु¥याउनु निकै प्रेरणाको कुरा हो।’
उक्त भिडिओलाई भारतीय अटो निर्माता महिन्द्रा ग्रुपका प्रमुख आनन्द महिन्द्राले आफ्नो ट्विटरमा सेयर गरेका छन्।
गेट्स अहिले स्वास्थ्य, जलवायु परिवर्तन र अन्य महत्वपूर्ण विषयबारे भारतमा भइरहेको नवप्रवर्तनात्मक कार्यबारे बुझ्न भारत आएका छन्। सो क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरिसकेका छन्।
Shares
प्रतिक्रिया