नेपालमा बजाजले २५ वर्षमा ८ लाख दुईपांग्रे सवारीसाधन बिक्री गरेको छ।
सन् १९९८ मा ‘कावासाकी बजाज फोरएस च्याम्पियन’ मोटरसाइकल पहिलो पटक भित्र्याएको थियो।
१०० सिसीको उक्त बाइक १९९१ मा भारतमा लञ्च भएको थियो। हाल उक्त बाइक उत्पादन बन्द भइसकेको छ।
फोर स्ट्रोक एयर कुल्ड इन्जिन रहेको मोटरसाइकलले अधिकतम ७.१ पिएस पावर र ८.१ एनएम टर्क जेनेरेट गर्छ।
बाइकको स्टार्ट किक बाट मात्रै हुन्छ। ड्रम ब्रेक रहेको मोटरसाइकलमा स्पिड गियर ४ वटा रहेको छ।
२५ वर्षमा भित्रिए ६ सिरिजका बाइक
२५ वर्षको दौरानमा कम्पनीले ६ वटा सिरिजका बाइक नेपाल भित्र्याइसकेको छ।
कम्पनीले २००३ मा मा १५० डीटीएसआई, २००८ मा पल्सर २२० एफ, २०१३ मा पल्सर एनएस २०१३ मोटरसाइकल नेपाल भित्र्याएको थियो। कम्पनीको सबैभन्दा बढी बिक्री हुनेमा १५०, २२० र एनएस २०० सबैभन्दा धेरै छन्।
२०१८ मा कम्पनीले प्रिमियम मोटरसाइकलको रुपमा बजाज डोमिनार भित्र्याएको थियो। युवामाझ कम्पनीका मोटरसाइकल लोकप्रिय बन्दै गइरहेको छ।
२०२३ मा कम्पनीले पल्सर एन सिरिजका मोटरसाइकल सार्वजनिक गरेको थियो। कम्पनीले १६० र २५० सीसीमा मोटरसाइकल सार्वजनिक गरेको थियो।
बजाजले नेपालमै एसेम्बल उद्योग स्थापना गरेको छ। आगामी दिनमा नेपालमा २ पांग्रे इलेक्ट्रिक स्कुटर नेपालमा ल्याउने बजाजले जनाएको छ।
१९५९ मा स्थापना भएको हंसराज हुलासचन्द बजाजको २ र ३ पांग्रेको आधिकारिक बिक्रेता रहेको छ। कम्पनी १९९८ देखि बजाजको आधिकारिक बिक्रेता छ।
गोल्छा ग्रुपअन्तर्गतको कम्पनीका काठमाडौंमा बजाजको एउटा शोरुम छ भने केटीएमको २ वटा आफ्नै शोरुम छन्।
बजाजका १५० बढी क्षेत्रीय डिलरसिप छन्। कम्पनीमा गोल्छा परिवारका १९ जना सदस्यको नाममा सेयर छ। बहुमत सेयर शेखर गोल्छाको ५३.८ प्रतिशत रहेको छ।
तस्बिरमा हेर्नुहोस् बजाजका बाइक
सबै तस्बिर : सरोज नेपाल
Shares
प्रतिक्रिया