चौधरी ग्रुपको अटो डिभिजन सीजी मोटर्सले जीएसी कम्पनीको आयन वाई गाडी नेपालमा सार्वजनिक गरेको छ।
कम्पनीले रसुवागढी नाका हुँदै उक्त गाडी नेपाल ल्याएको हो।
सीजी मोटर्सले जीएसी ब्रान्डको विद्युतीय गाडीको शोरुम थापाथलीमा राखेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका बेला भएको बिजनेस समिटमा चौधरी ग्रुपले उक्त कम्पनीका गाडी नेपालमा बिक्री वितरण गर्ने सम्झौता गरेको थियो।
चौधरी ग्रुपका निर्देशक समेत रहेका निर्वाण चौधरीले दुईवटा नयाँ अटो ब्रान्ड नेपाल भित्र्याउने सम्झौता गरेका थिए।
ती दुवैको आधिकारिक बिक्रेता चौधरी ग्रुप हो। पहिलो चरणमा उक्त नाका हुँदै १५० युनिट गाडी नेपाल ल्याएको छ।
321
Shares
प्रतिक्रिया