शिक्षा, विज्ञान तथा प्रविधि विकास समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भीसी) छनोटको समस्याबारे प्रधानमन्त्री, शिक्षामन्त्री लगायतलाई समितिले तीन दिनभित्र बोलाउने निर्णय गरेको छ।
संसदीय समितिले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री र सिफारिस समितिका अन्य सदस्यलाई पनि समितिमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो।
त्यस्तै समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको सर्ट लिस्टमा परेका विवादित व्यक्तिहरुबारे पुनर्विचार गर्न समेत भनेको छ।
सार्वजनिक भएको सर्टलिस्टमा रहेका तीर्थराज खनियाँ, केशरजंग बराल र शिवलाल भुसालमाथि प्रश्न उठेको हो।
खनियाँमाथि बौद्धिक चोरीको आरोप छ भने बराललाई पोखरा विश्वविद्यालयको उपकुलपति हुँदा अनियमितता गरेको आरोप छ।
त्यस्तै, बहालवाला कार्यवाहक उपकुलपति भुसाललाई राष्ट्रिय सूचना आयोगले जरिवाना गरेको आरोप छ।
सोमबार बसेको समितिको बैठकले सिफारिस समिति र मन्त्रालयलाई विवादास्पद देखिएका व्यक्तिबारे ध्यानाकर्षण गराउने निर्णय गरेको सभापति भानुभक्त जोशीले जानकारी दिए।
सोमबारको बैठकमा उपकुलपति नियुक्तिको सर्ट लिस्टमा परेकामध्ये भ्रष्टाचार मुद्दामा अनुसन्धानको क्रममा रहेको, सूचना लुकाएको आरोप लागेका र बौद्धिक चोरीमा समेत परेकाहरु भएको भन्दै सासदहरुले आपत्ति जनाएका थिए।
-
त्रिविमा भीसी नियुक्ति विवाद : सांसद सुमनाले मागिन् प्रधानमन्त्रीको धारणा
-
शिक्षा सचिवको दाबी- भीसी नियुक्तिमा कुनै राजनीतिक हस्तक्षेप छैन
Shares
प्रतिक्रिया