अरेट इन्टरनेशनलले चर्चित कम्पनी टेस्लाको माेडल ३ स्ट्यान्डर्ड रेन्ज नेपालमा सार्वजनिक गरेकाे छ।
५५० किमि रेन्ज रहेकाे माेडल २०२४ भर्जन सार्वजनिक गरेकाे हाे।
यो गाडी विश्वबजारमा सबैभन्दा बढी बिक्री हुने गाडीमा पर्छ। ३६० डिग्री देखिने मूनरूफ, एम्बियन्ट लाइट, भेगन सिट, साउन्ड प्रुफ क्याबिनलगायतका फिचर्स छन्।
१९८ किलाेवाटकाे माेटर रहेकाे गाडीकाे अधिकतम गति २२५ किलोमिटर प्रतिघण्टा गुड्छ। गाडीमा ५८ किलाेवाट आवरकाे ब्याट्री छ। सिंगल माेटरमा रहेकाे गाडीले ३४० टर्क जेनेरेट गर्छ।
गाडीकाे इन्टेरियर ३ वटा कलरमा उपलब्ध छ। पछाडि बस्ने यात्रुकाे लागि समेत ८ इन्चकाे इन्फाेटेनमेन्ट सिस्टम रहेकाे छ। गाडीमा १९ इन्चकाे अह्वेल विल रहेकाे छ।
ग्राउन्ड क्लियरेन्स १८४ एमएम छ। फेसलिफ्टकाे रूपमा आएकाे माेडलकाे मूल्य १ कराेड ३५ लाख रहेकाे छ। राताे र ग्रे कलरकाे माेडलमा थप ५ लाख तिर्नुपर्छ।
अरेट इन्टरनेश्नलका सीईओ विनाेद श्रेष्ठले नेपालमा धेरैले चासाे राखेकाे गाडी नेपाल भित्रिएकाे बताए। काठमाडौंकाे मालिगाउँ मार्गमा रहेकाे शाेरूममा गाडी टेष्ट ड्राइभ गर्न सकिन्छ।
कालाे, राताे, निलाे, सेताे र खरानी कलर गरी ५ वटा कलरमा उपलब्ध गाडी छ। अरेट इन्टरनेशनलले नेपालमा ४ वर्षदेखि टेस्ला बिक्री गर्दै आएकाे छ।
सबै तस्बिर : विशाल कार्की
Shares
प्रतिक्रिया